रम्फुमा कवि सङ्गम

रम्फु, 28 सेप्टेम्बर


रम्फुमा पहिलोपल्ट राष्ट्रीय कवि सङ्गम कार्यक्रम भयो। चालक सङ्गठन भवनमा भएको कार्यक्रममा 13 जना कविहरूले कविता पाठ गरेका थिए। शिक्षिका केके प्रधानले कार्यक्रमलाई अध्यक्षता गरेकी थिइन्। 35 जना भाषाप्रेमी एवं साहित्यकारहरूको उपस्थिति थियो। कार्यक्रमलाई  आयोजक पक्षका सञ्जय अग्रवालले सञ्चालन गरेका थिए। कवि छिरीङ दीन शेर्पा अनि रम्फु ट्याक्सी चालक सङ्गठनका उपाध्यक्ष महेन्द्र छेत्री आयोजक पक्षबाट उपस्थित  थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया