जापसित सरकार डराउँछ : हर्कबहादुर छेत्री

‘यहाँको नेतृत्व बिकाउ छ, पुलिससँग डराउँछ भन्ने कुरा सरकारले थाहा पाएको छ। 105 दिने आन्दोलन विफल भयो। यो सबैभन्दा ठुलो नोक्सनी हो, भाजपाका अग्रज नेतृत्वले दिल्लीमा भनेका थिए, गोर्खाल्याण्डमा माग्ने नेताहरू टिकाउ छैन बिकाउ छ। उक्त 105 दिने आन्दोलनबाट थाहा लाग्यो।’


कालेबुङ, 28 सेप्टेम्बर


जन आन्दोलन पार्टीले पथसभाको क्रम सकिएको छ। जापले पुदुङ फाटकमा अन्तिम पथसभा गऱ्यो। पथसभामा डा. हर्कबहादुर छेत्रीको प्रमुख उपस्थिति थियो।

उनको भनाइअनुसार 2 जना विद्यार्थी मारिँदा भाजपाले बङ्गाल बन्द गर्‍यो। तर दार्जीलिङ पहाड़ 105 दिन बन्दले अस्तव्यस्त हुँदा, 13 जना शहीद हुँदा भाजपा एक शब्द बोलेन। छेत्रीअनुसार भाजपाको यो हेपाइ हो।

यद्धपि  105 दिने गोर्खाल्याण्ड आन्दोलन नेतृत्वको कमजोरीको कारण विफल बनेको भने स्पष्ट पारे।  ‘राज्य सरकारलाई गोरामुमोले चिट्ठी नलेखेको भए, गोजमुमोका विनय तामाङ राज्य सरकारसँग मिल्न नगएको भए भाजपा दार्जीलिङ पहाड़को परिस्थितिमाथि हस्तक्षेप गर्नु बाध्य हुने थियो,’ छेत्रीले भने, ‘बाघको फौजको नेता भेड़ा भयो भने युद्ध कहीँ जित्दैन। तर भेड़ाको फौजको नेता बाघ भयो भने युद्ध जितिन्छ।’

छेत्रीले गोर्खाल्याण्डको निम्ति सरकारले कुनै पार्टीसँग नगरेर नेतृत्वसँग कुरा गर्ने बताए। ‘यहाँको नेतृत्व बिकाउ छ, पुलिससँग डराउँछ भन्ने कुरा सरकारले थाहा पाएको छ। 105 दिने आन्दोलन विफल भयो। यो सबैभन्दा ठुलो नोक्सनी हो,’ उनले भने, ‘भाजपाका अग्रज नेतृत्वले दिल्लीमा भनेका थिए, गोर्खाल्याण्डमा माग्ने नेताहरू टिकाउ छैन बिकाउ छ। उक्त 105 दिने आन्दोलनबाट थाहा लाग्यो।’

नेताहरूको गलत नेतृत्वको कारण राज्य सरकारले गोर्खाल्याण्ड भन्ने बित्तिकै हड़ताल, बन्द, अशान्ति बुझ्ने गरेको पनि डा. छेत्रीले बताए। सरकारले खुन र प्राणमा गोर्खाल्याण्ड नदिने अनि गोर्खाल्याण्ड केवल तर्कले दिने बताए।

छेत्रीअनुसार गोर्खाल्याण्डको आन्दोलन हालसम्म विफल हुनुको कारण वार्तामा बुद्धिजिवीहरू नपठाकोले हो। ‘सरकारले रुख दिइसकेपछि फेरि हाँगा काट्नका निम्ति स्वीकृति माग्न सरकारकहाँ जान्छ। यी नेताहरूले केही जान्दैन भनेर सरकारले थाहा पाएपछि नै हेपेको हो,’ छेत्रीले भने, ‘हेल्परले बिगारेको बिल्डिङ मिस्त्री भएर बनाउने काम जापले गर्दैन। जापको नेतृत्वहरू बिकाउ छैनन्। जापसित सरकार डराउँछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया