गान्तोक अनि नाम्चीलगायत पूर्वोत्तरको विभिन्न ठाउँमा पराक्रम पर्व पालन

????????????????????????????????????

गान्तोक २८ सेप्टेम्बर|भारतको सशस्त्र बलका सदस्यहरूद्वारा देखाइएको साहसका साथै बलिदानको कीर्तिगान गर्न आयोजित ‘पराक्रम पर्व’ पूर्वोत्तर राज्यका विभिन्न ठाउँमा जोश अनि उत्साहका साथ पालन गरियो| नियोजित रूपमा सम्पन्न कार्यक्रममा सशस्त्र बलको विभिन्न शस्त्र-अस्त्रको प्रदर्शनी गरिएको थियो, जसलाई आगन्तुकहरूले खुलेर प्रशंसा गरे| आयोजन स्थलको वरिपरीका नागरिकका साथै स्कूले विद्यार्थीहरूसम्म पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजन गरिएको थियो| कार्यक्रम नागरिकहरूका साथै विद्यार्थीहरूको निम्ति २९ सेप्टेम्बरको दिन पनि खुल्ला रहनेछ|

सिक्किमको गान्तोकस्थित वेस्ट पोइन्ट स्कूलका साथै नाम्चीमा खुबै जोश अनि उत्साहका साथ पराक्रम पर्व पालन गरियो| कार्यक्रममा सैनिक ब्याण्डको प्रस्तुति, विभिन्न अत्याधुनिक सशस्त्र-अस्त्रको प्रदर्शनी, अधिकारीहरूद्वारा प्रेरक व्याख्यान, सर्जिकल स्ट्राइकबारे वृत्तचित्रको प्रदर्शनी, सेल्फी कर्नर, सूचना विपणीका साथै भारतीय सेनामा भर्ना हुन मार्गदर्शन जस्ता विषयहरू सामेल रहेका थिए| गान्तोकमा आयोजित कार्यक्रम धेरै सफल रहेको थियो, जसमा विभिन्न स्कूलका दुई हजारभन्दा धेरै विद्यार्थी अनि आम नागरिकले सहभागिता जनाएका थिए| सेनाद्वारा आयोजित यस उल्लेखनीय कार्यक्रमको विद्यार्थीहरूले मुग्धकण्ठले प्रशंसा गरे| कार्यक्रम २९ सेप्टेम्बरको दिन पनि जारी रहनेछ|
यसै गरी वायु सेना स्टेशन गुवाहाटी अनि नारङ्गी सेना छाउनीमा पनि कार्यक्रम आयोजन गरिएको थियो| नारङ्गी सेना छाउनीमा विभिन्न प्रकारका हात-हतियार प्रदर्शित गरिएका थिए भने आगन्तुकहरूले सेल्फी लिनसक्ने गरी सेल्फी कर्नर पनि स्थापित गरिएको थियो| यस अवसरमा आर्मी पब्लिक स्कूल अनि केन्द्रिय विद्यालयका करिब ८०० विद्यार्थी प्रदर्शित विभिन्न शस्त्र-अस्त्रबाट मन्त्रमुग्ध बन्दै सेनाको प्रयासको खुल्ला रूपमा प्रशंसा गरे| वायु सेनाद्वारा एमआइ-१७ हेलिकप्टर, एभीआरओ, ड्रोनियर, वायु सेनाद्वारा उपयोग गरिने विभिन्न रडार अनि आपतकालीन चिकित्सा सहयोग प्रणाली लगायत विभिन्न उपकरण प्रदर्शित गरिएको थियो| कार्यक्रमको उद्घाटन एयर कमोडोर एस मिश्र, भीएम, एओसी, वायु सेना छाउनी, गुवाहाटीद्वारा गरिएको थियो|

वायु सेनाको उपलब्धिहरूका साथै ‘नाउ योर एयर फोर्स’ प्रदर्शित गर्न विपणी पनि स्थापित गरिएको थियो, जहॉं विद्यार्थीहरूलाई वायु सेनामा विभिन्न अवसरबारे जानकारी उपलब्ध गराइएको थियो| आगन्तुकहरूमा नजिकका स्कूले विद्यार्थी, एनसीसी क्याडेट, एरोनटिकल कलेजका विद्यार्थीहरूका साथै आम नागरिकहरू पनि रहेका थिए| विद्यार्थीहरूलाई वायु सेनाको विभिन्न उपलब्धिबारे जानकारी गराइएको थियो| सूचना एवं प्रसारन मन्त्रालयका प्रतिनिधिहरूद्वारा विद्यार्थी समुदायलाई जानकारी प्रदान गर्न विभिन्न प्रेरक अनि जानकारीमूलक बोर्ड टॉंगिएको थियो| कार्यक्रम २९ सेप्टेम्बरको दिन पनि जारी रहनेछ|

तावाङको युद्ध स्मारक परिसरमा पराक्रम पर्व २९ सेप्टेम्बरको दिन पालन गरिनेछ| कार्यक्रममा थल सेनाको शस्त्र-अस्त्र प्रदर्शनी, सेल्फी कर्नर, प्रेरक विपणीका साथै सशस्त्र सेनाद्वारा गरिएको सर्जिकल स्ट्राइकबारे वृतचित्रको प्रदर्शनी रहनेछ| तावाङको विभिन्न स्कूलका विद्यार्थीका साथै आम नागरिकलाई यस कार्यक्रममा सहभागी बन्न आमन्त्रित गरिएको छ| तावाङका जिल्लापाल अनि पुलिस अधीक्षकले पनि यस कार्यक्रममा सहभागिता जनाउनेछन्‌| यस इलाकाका भूतपूर्व सैनिकद्वारा राष्ट्रलाई पुर्‍याएको सेवाको सम्मान गर्दै उनीहरूलाई पनि विशेष रूपमा आमन्त्रित गरिएको छ| (पीआइबी)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया