लाटपञ्चरका उपोभोक्ताहरूले गरे विद्युत कार्यालय घेराउ

कालेबुङ, 28 सितम्बरबिजुली अनियमिततालाई केन्द्र गर्दै आज लाटपञ्चर सिन्कोना बगानका लगभग 300 जना उपभोक्ताहरूले कालेबुङको विद्युत विभाग कार्यालय घेराउ गरेका छन। लगभग एक वर्षदेखि बिजुलीको समस्यासित जुझिरहेका उनीहरूले आज यहाँको चन्द्रलोक परिसरमा अवस्थित विद्युत विभागका विभागीय व्यवस्थापकलाई ज्ञापन-पत्र दिँदै यथाशीघ्र बिजुलीको समस्या समाधान गरिदिनुपर्ने माग गरेका छन्।

पिडीत विकास राई अनुसार विद्युत विभागले उनीहरूसित अन्याय गरिरहेको छ। एक महिनामा 20 दिनसम्म बत्ती नआउने समस्यासित उनीहरू जुझिरहेका छन्। बिजुलीको आभावको कारण आम मानिस, विद्यार्थी, अनलाइन सरकारी कामकागज आदि पर्ण रूपमा प्रभावित बनिरहेको छ।

यसअघि पनि धेरैपल्ट विभागीय अधिकारीहरूलाई जनाइसक्दा समेत कनै पहल नभएपछि आज उनीहरू विभागीय कार्यालयमा आएको उनले बताए।

अर्का उपभोक्ता डीके राई अनुसार लाटपञ्चरमा विभागले वर्षौदेखि अन्याय गरिरहेको छ। विभागले गम्भिरतासित लिएको छैन। बिजुली नहुँदा धेरै कुराहरूदेखि वञ्चित हुँदासमेत विभागले पहल नगरेपछि आज आएर उनीहरूले घेराउ गर्न बाध्य बनेको उनले बताए।

यस सम्बन्धमा कालेबुङ डिभिजनल म्यानेजर फुर्तेन शेर्पाले लाटपञ्चरमा नै गएर विभागले उनीहरूको समस्या बुझ्ने आश्वासन दिएका छन्। उनले जङ्गलको बाटो लाइन लगिएको साथै प्राकृतिप आपदाहरूका कारण बिजुली अनियमितता हुनसक्ने स्पष्टिकरण दिए। यद्यपि उनले जोगिघाटरमा जीटीए विद्युत विभागबाट 33 बाई 11 केबीको सव डिभिजनको निर्माण भइरहको अनि सम्भवत: 5-6 महिनाभित्र त्यो पूर्ण भएको खण्डमा लाटपञ्चरबासीको समस्या समाधान हुनसक्ने आश्वासन दिएका छन्।

प्रशासनिक रूपमा लाटपञ्चर खरसाङ महकुभित्र परेपनि त्यहाँको विद्युत सर्वराह भने कालेबुङले हेर्ने गरेको छ। यसैले उनीहरूले विद्युत पनि खरसाङबाट नै हेर्नपर्ने माग गरेकोले उनीहरूलाई आफूले उपर्युक्त सुझाउहरू दिएको पनि शेर्पाले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया