युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्याको प्रयास: जल्यो दुईवटा दोकान, युवती सिकिस्त

विज्ञापन

कालेबुङ, 28 सितम्बर:  शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गर्दा 32 वर्षीय युवती रिहाना बेगम सिकिस्त भएकी छन् भने उक्त आगो सल्किएर दुईवटा दोकान नष्ट भएको छ। घटना यहाँको 13 माईल आँपबोटेको हो। स्थानीय रोहित राईको उक्त घरमा मोहमद सलिम अनि उनकी पत्नी रिहाना बेगम(32) भाडामा बस्थे।

उनीहरूले एउटा कोठामा लुगा सिउँथे भने अर्को कोठामा बिरबहादुर राईले सानो दोकान चलाउँथे। तर आज बिहान लगभग 10.30 बजीतिर रिहाना बेगमले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाउने प्रयास गर्दा उनी आफै पनि आधा जलेकी छन् भने उक्त घरमा रहेको टेलरिङ दोकान अनि अर्को बिरबहादुर राईको दोकान पनि जलेर नष्ट  भएको छ। रिहाना बेगम मानसिक रूपमा विमार रहेको कारण उनले आत्महत्या गर्ने प्रयास गरेको हुनसक्ने घरमालिक रोहित राईले बताए। आगलागीपछि मोहमद सलिमले आफ्नो पत्नीलाई सिकिस्त अवस्थामा जिल्ला अस्पताल पुऱ्याएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया