एमके सुब्बाले भने अब राजनैतिक मैदानमा खु्ल्ला चुनौती दिनेछौं

गान्तोक, 29 सितम्बर। विपक्षी दल एसकेएमको पूर्व महासचिव तथा सिक्किम पिपल्स एलायन्सका संयोजक एमके सुब्बाले सरकारी नोकरीबाट आफूलाई मुक्ति प्राप्त भएको जानकारीसितै अब सक्रिय राजनीतिमा उत्रिने घोषणा गरे। आफ्ना केही समर्थकहरूसित प्रेस क्लब अफ् सिक्किममा आइपुगेका सुब्बाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै 2019 को चुनाउँमा मज्जाले चुनाउ लड्न अब फुक्का भएको र मुख्यमन्त्री पवन चामलिङकै जन्म थलो राङगाङ याङगाङबाट चुनौती दिने घोषणा गरे। उनले भने 2014 मा मलाई धेरै बाधा र अड्चन लगाएर राखेका थिए अब न्यायालयबाट मैले आफूलाई त्यो जञ्जिरबाट मुक्त पारेको छु अब खुल्ला चुनौती दिँदछु । यसैगरि उनले अहिलेको सिक्किम पिपल्स एलान्यसलाई निरन्तरता दिने तथा नयाँ राजनैतिक सोच र सिद्धान्तलाई अङ्गिकार गरेर अघि आउने दाबी गरे। यसैगरि उनले अबको राजनैतिक परिदश्य परिवर्तन भइसकेको र त्यहीँ अनुसार सिक्किमेले पनि राजनैतिक सोचको विकास गर्नुपर्ने बताए। अर्कोतिर उनले 2002 साल मा लिम्बू तामाङले अनसूचित जनजातिको मान्यता पाएर पनि अहिलेसम्म आसन आरक्षण गर्न नसकेको मुख्य कारण सरकारको अकर्मण्यता नै रहेको आरोप लगाए। यसैगरि उनले राज्य सरकारले प्रस्ततु गरेको प्रोफेसर रोय वर्मन आयोगको प्रतिवेदनलाई आफूले शुरूदेखि नै विरोध गरेको र यो सिक्किमेको हितमा नरहेको आज पनि ठोकुवा गरे। यसैगरि उनले सिक्किममा अब नयाँ सोचको राजनीति गर्ने दिशामा लागि पर्ने दाबी गरे। पत्रकार सम्मेलनलाई एमके सुब्बाका समर्थकहरूले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया