कुमानीस्थित नयाँ बस्तीमा मोर्चाको जनसभा: दिल्लीले साह्रो जिस्कायो, दिल्लीमै गएर जवाब दिन्छु-विनय तामाङ

कालेबुङ, 30 सितम्बर:  केन्द्र सरकारप्रति रुष्ठ बनेका गोजमुमो अध्यक्ष एवं जीटीए प्रमुख विनय तामाङले दिल्लीमै गएर केन्द्रलाई जवाब दिने मन बनाएका छन्। अहिले जनजातिको मुद्दा अघि आइरहेको कारण यसलाई भाजपाको चुनावी मुद्दाको रूपमा मात्र हेरिरेहका विनय तामाङले केन्द्र सरकारले नै विमल गुरुङहरूलाई पनि आश्रय दिएको  शङ्का गरेका छन्। यसैले उनले आगामी 7 अक्टोबर दिल्लीमा नै स्थापना दिवस पालन गर्दै त्यसैदिन दिल्लीबाट नै केन्द्रलाई जवाब दिने दावी गरेका छन्।

‘दिल्लीले साह्रो जिस्कायो अब दिल्लीमा नै गएर जवाब दिनेछु’- 44 नम्बर समष्टिको कुमानीस्थित नयाँ बस्तीमा आयोजित मोर्चाको जनसभालाई सम्बोधन गर्दै तामाङले भने, ‘फेसबुकमा ज्यादा लेख्ने पनि दिल्लीमा नै छ। दिल्लीलाई अनि केन्द्रलाई के भन्नुपर्छ त्यही दिन भनेको हुन्छु।’

43, 44 अनि 45 नम्बर समष्टिमा मोर्चा कार्यकर्ताहरूलाई लिएर कुमानीस्थित नयाँ बस्तीमा गोजमुमोको जनसभा सम्पन्न भएको थियो। जनसभामा प्रमुख अतिथिका रूपमा उपस्थित दलका अध्यक्ष विनय तामाङले जनसभालाई सम्बोधन गर्दै 7 अक्टोबरका दिन उदय सोताङ अनि मनिला सोताङ ल्याएर दिल्लीमा नै स्थापना दिवस पालन गर्ने बताए।

तीनवटै समष्टिका कार्यकर्ताहरूको व्यापक उपस्थितिमा सम्पन्न जनसभाअवधि वक्ताहरूले पार्टीले गर्दैगरेको कार्य, साङ्गठनिक गतिविधि एवं विकासमूलक कार्यहरूलाई प्राथमिकता दिएका थिए।

यस अवसरमा पार्टी अध्यक्ष विनय तामाङ एवं नारी मोर्चा केन्द्रिय समिति अध्यक्ष छिरिङ दाहाल, युवा मोर्चा केन्द्रिय समिति सचिव अरूण छेत्री,, युवा मोर्चा दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, कालेबुङ जिल्ला समिति अध्यक्ष सञ्चवीब सुब्बा, तीनवटा समष्टि संयोजक सन्दिप कुलुङ, उर्गेन शेर्पा, बनबस्तीका प्रतिनिधि किशोर थापा, अजय प्रधान आदिले सम्बोधन गरेका थिए।

यस क्रममा पार्टी अध्यक्ष विनय तामाङले अहिलेसम्म जीटीएले गरेको विकासमूलक कार्यहरूको विवरण पनि सार्वजनिक गरे। उनी अनुसार 1 वर्षको अन्तरालमा जीटीएले धेरै विकासमूलक कामहरू गरेको छ।

तामाङ अनुसार जीटीए क्षेत्रमा 71  वटाँ नया बाटो आरआईडीएफबाट बनिँदैछ जसको लम्बाई 280 किलोमिटर 26 मिटर छ। पीएचईबाट 33 वटा पिउन पानी योजना चलिरहेको छ। ठूलो-ठूलो 70 वटा पब्लिक हेल्थ स्किम स्वीकृत भइसकेको छ। 56 वटा नयाँ स्कूल र दुईवटा कलेज निर्माण भइरहेको छ। 584 जना शिक्षकहरूलाई जीटीएले नियुक्ति दिइसकेको छ भने उच्च माध्यमिक तहका 303 जना नयाँ शिक्षकहरूलाई पनि नियुक्ति दिइनेछ। ठूलो-ठूलो सेनिरेटि कल्पलेक्स 31 वटा स्विकृत भइसकेको छ। मिसन रिभर गङ्गा स्किम अन्तर्गत 82 हजार 8 सय 61 वटा पानीको स्किम पास भइसकेको छ। हाउजिङ स्किम अन्तर्गत 1216 वाट घरलाई गिताञ्जलीबाट 50 प्रतिशत राशी प्रदान भइसकेको छ भने 50 प्रतिशत चाँडै दिइनेछ।

2013 मा पञ्चायत सचिवहरूले घर निर्मणका निम्ति नाम उठाएका थिए। जसको पैसा फर्केर गएको थियो त्यो राशी पुनः आएको अनि 4936 वटा घर बन्न गइरहेको तामङले बताए। यसबाहेक पशु सम्पदा विभागबाट 44 वटा नयाँ स्किम आइरहेको छ। 25 लाखदेखि माथिको सिचाईको काम 147 वटा स्विकृत भइसकेको छ। जीटीएको समयमा 8 लाख 8 हजार 5 सय 91 जनाले डिजिटल राशिन कार्ड पाइसकेका छन्। नया-पुराना गरी 383 वटा आईसीडीएस भवनहरू निर्माण भइरहेको छ, पढेलेखेकाहरूलाई छात्रवृत्ति दिइँदैछ। अलगढा र सुकेमा फाइर स्टेसन बस्दैछ, गोरूबथान पछिबाट बनाइन्छ। रम्बीमा हाइवे दुर्घटनालाई केन्द्र गर्दै ट्रमा सेन्टर बनाइनेछ, जसको पैसा पास भइसकेको छ। यसबाहेक बोर्डर एरिया डेभ्लोप्मेन्ट प्रोजेक्टद्वारा राम्रो राशी आइसकेको अनि जीटीएले खण्ड विकास कार्यालय मार्फत उक्त योजना बाँड्ने पनि तामाङले बताए।

अर्कोतिर उनले चियाबगानको बोनस सम्बन्धमा बोल्दै मालिकपक्षले 8.33 प्रतिशत मात्र बोनस दिने मन बनाइरहेको अनि यसलाई आफूहरूले कदापी स्विकार नगर्ने बताए। उनले आज मालिकपक्षहरू आफूलाई भेट्न आइरहेको अनि यसबारे चर्चा गरिने भन्दै जोइन्ट फोरम नबोलेकोमा पनि आपत्ति जनाए।

उनले जनजातिको मुद्दामा विमल गुरुङपन्थी समुह अनि भाजपाले झुट बोलिरहेको दावी गर्दै आरटीआईको जवाबेले यसको पुष्टि गरिसकेको बताए। यद्यपि चुनाउअघि नै जनजातिको मुद्दा छिराउन पार्टी कार्यकर्ताहरूलाई पोष्टरिङहरू गर्न अह्राए।

यसरी नै बनबस्तीको प्रसङ्गमा उनले केही मानिसहरूले बनबासीहरूलाई दीगभ्रमित पारिरहेको बताए। आजसम्म कसैले नगरेको काम जीटीएले गरेको भन्दै अहिलेको ल्याण्ड डिट थापेपछि नै उनीहरूले प्रक्रियागत् रूपमा पर्चापट्टा पाउने दावी गरे। उनले परिस्थिति अनुकूल भएको समय पाएको अधिकार लिइहाल्न आह्रग गर्दै अरूहरूले पनि कुनैपनि आपत्ति भए आफूसित कुरा गर्न आग्रह गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया