मणि ट्रस्टद्वारा क्यानसर रोगमाथि सचेतना कार्यक्रम

कालेबुङ, 30 सितम्बर: कालेबुङको सामाजिक संस्था मणि ट्रस्टद्वार क्यानसर रोगमाथि सचेतना शिविर सम्पन्न भयो। कालेबुङ गर्ल्स स्कूलको शतबार्षिकी हलमा समप्न्न शिविरमा ओपोले अस्पताल  कलकत्ताका क्यानसर विशेषज्ञ डा. अमित दत्ता द्वारी प्रमुख वक्ताका रूपमा उपस्थित थिए। उनेल क्यानर रोग, यसका लक्षण, उपचार साथै जागरूक हुनपर्ने विषयहरूबारे अवगत गराए।  यदि स्वास्थ्यप्रति राम्ररी ध्यान दिनसके क्यानसर रोग निवारण हुने अनि यसबाट बाँच्नका निम्ति अप्नाउनपर्ने उपायहरूबारे पनि जानकारी गराएका थिए। यस क्रममा क्यानसर पिडीत विरामीहरू साथै कार्यक्रममा उपस्थित मानिसहरूले क्यान्सर सम्बन्धी गरेका प्रश्नहरूको पनि डा. दत्तले उत्तर दिएका थिए।

ट्रस्टको स्वास्थ्य सम्बन्धी चारवटा पहलमध्ये स्वास्थ्य अनि सचेतना कार्यक्रम अन्तर्गत अनिमेश घोष क्यान्सर अवारनेस सेन्टरसित मिलेर ट्रस्टले संयुक्त रूपमा सचेतना कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा ट्रस्टकी सीईओ रेश्मा राई सिंहले स्वागत सम्बोधन राखेकी थिइन् भने ट्रस्टका चियरमेन सुवास एम. सिंहले शिविरको औचित्यबारे बुझाउँदै वक्तव्य राखेका थिए। ट्रस्टका अध्यक्ष सुवास एम. सिंहले भने अनुसार हाम्रो समाज धेरै अस्वस्थ्य छ। विभिन्न जानकारीहरूको अभावमा मानिसहरू विभिन्न घातक विरामीहरूको शिकार भइरहेका छन्। यसैले ट्रस्टले मुख्य गरेर स्वास्थ्यमा चारवटा पहलहरूमाथि काम गरिरहेको छ। जसमध्ये एक स्वास्थ्य सचेतना रहेको कारण आज शिविरको आयोजना गरिएको  उनले बताए। उनले कुनै पनि घातक विरामीबाट बाँच्न सचेतनाको ठूलो आवश्यकता रहने गरेका कारण ट्रस्टले सचेतना शिविरको आयोजना गरेर मानिसहरूलाई स्वास्थ्यप्रते सचेत अनि जागरूक गराउन चाहेको बताए।

ट्रस्टका सल्लाहकार सोनाम टी. भोटियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अनिमेश घोष क्यान्सर अवारनेस सेन्टरका संस्थापक अपुर्व घोषले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमवअवधि गीत, नृत्य आदि पनि सम्पन्न भएको थियो। कार्यक्रममा कुमुदिनी अनि गर्ल्स हाई स्कूलका विद्यार्थीहरू, क्यानसर पिडीत विरामीहरू, शिक्षक-शिक्षिका एवं विभिन्न सामाजिक संस्थाका मानिसहरू एवं व्यक्तिविशेषले सहभागिता जनाएका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया