जङ्गुको मायलल्याङ होमस्टे देशको श्रेष्ठ 10 होमस्टे

गान्तोक, 30 सिम्बर। सिक्किममा बड्दो ग्रामिण पर्यटनको विकास र युवाहरूको चासोले अहिले राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको पर्यटनको ध्यान आकर्षण गर्न सक्षम भएको छ। यसैक्रममा इण्डियन रेस्पोन्सिबल टुरिजमि अवार्ड 2019 मा उत्तर सिक्किमको पासिङदाङका युवा ग्याछो लेप्चा र उनकी पत्नी द्वारा सञ्चालित मयलल्याङ होम स्टेलाई देशको श्रेष्ठ 10 होम स्टे पुरस्कारले सम्मानित गरिएको छ।

आउटलुक ट्राभलर्सले विभिन्न वर्गमा दिने पुरस्कार मध्ये श्रेष्ठ होम स्टेको सूचीको टप टेनमा सिक्किमको दूर्गम क्षेत्र जङ्गुमा पछिल्लो  2008 सालदेखि सञ्चालनमा आएको मयलल्याङ होमस्टेले सूचीकृत हुने गौरव प्रदान गरेको छ। टिस्टा नदीको सुरक्षामा कार्यरत एक सक्रिय एक्टिभिष्ट ग्याछो लेप्चाले आफ्ना आमा आप्पाले बनाएको पुस्तैनी घरको उब्रिएको पाँच कोठालाई नै 916 दिन व्यापि चर्चित एसीटीको भोक ह़ड्ताल आन्दोलनको समापन पछि होम स्टेमा परिणत गरेर व्यावसायीक रूपमा आफूलाई पर्यटनमा होमेका हुन्।

त्यसो त अप्पर जङ्गु क्षेत्रमा अहिले लगभग 26 वटा होम स्टे सूचीमा रहेको छ जसमा सरकारले सहयोग गरेर नै तयार पारिएको 16 वटा होमस्टे छ भने 10 वटा जति आफ्नै बल बूतामा शुरु गरिएको होमस्टे छन्। अर्कोतिर ग्याछो आफ्नो होमस्टे उर्जा संरक्षणमा ध्यान पुर्वक कार्य गरिरहेको एउटा उदाहरण मान्छन्। उनको होमस्टेको सबै कोठाहरूमा सेन्सर युक्त बिजुली जडान गरिएको छ जो अकारण खेरो जाँदैन। यसका साथै सौर्य उर्जालाई पनि प्रसस्त प्रयोग गरिएको छ।

आफूले सञ्चालन गर्दै आएको होम स्टेल राष्ट्रकै टप 10 होम स्टेमा परेकोमा खुसी व्यक्त गर्दै होम स्टे सञ्चालक ग्याछो लेप्चा भन्छन् हामीले हाम्रो होम स्टेमा जङ्गु र लेप्चा जनजातिको वास्तविक संस्कार, संस्कृति र परम्परालाई कुनै फ्लेवर नलगाई पर्यटकहरूलाई पस्किएको छौं त्यसैले पर्यटकहरू पनि मनोरञ्जन भन्दा पनि हाम्रो होम स्टेमा अनुभव गर्न आउने गर्छन्। देश भऱिका 6 सय भन्दा धेरै होम स्टे सञ्चालकहरूले यो पुरस्कारको निम्ति आवेदन गरेका थिए। तर पूर्वोत्तर भारतको पनि जङ्गू जस्तो ठाउँको होम स्टेले आफ्नो ठाउँ देशकै अन्य होमस्टेको हाराहारीमा उभ्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै यसले अरूलाई पनि प्रोत्साहित गरोस भन्ने ग्याछो चाहन्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया