आइएएस र आइपीएसले एसडीएफको कार्यकर्ताको काम गर्दैछः पीएस गोले

गान्तोक, 30 सितम्बर। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टिस्तर जन सभा तिमी- नामफिंग समष्टि अन्तर्गत तिमी पाठशालाको खेला मैदानमा आयोजित भयो । सभामा एसकेम पार्टी अध्यक्ष पीएस गोलेको बाहुलीबाट तिमी बजार स्थित  रंजीत प्रधानको घरमा समष्टिस्तरको पार्टी कार्यलयको उद्घाटन गरियो।

सभामा  पार्टी अध्यक्ष  पीएस गोले लगायत  कार्यवाहक अध्यक्ष  कूँगा निमा लेप्चा, संघ बिधायक  सोनाम लामा, प्रमुख सल्लाहकार  टीएम राई, पूर्व सांसद  नहकुल दास राई, बरिष्ठ उपाध्यक्ष  टीएन ढकाल, बिभिन्न भातृसंगठनका उपाध्यक्षहरु, महासचिवहरु, सचिवहरु, संयोजकहरु,समन्वयकहरु साथै दक्षिण जिल्लाको पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्तमा जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पीएस गोलेले भने सिक्किममा एसडीएफ सरकार आतिएर जुन जुन कानुन लगाएर बिपक्षी दललाई भाँजो हाल्ने काम गरि राखेकोछ, अहिले दक्षिण जिल्लामा खाली आइतबार मात्र पाठशालाको खेला मैदानमा मिटिंग गर्ने अनुमति निकालेकोछ, र क्रिश्चयन समुदायलाई असर पर्ने हिसाबले यो आइतबारको दिनलाई प्रयोग गरिएकोछ, सिक्किम सरकार कानुनले चल्दैन तर मुड़ेबलले चल्नेगर्छ किन भने मुख्यमंत्रीलाई कानुन थाहा छैन, सरकार त मुर्ख भयो भयो तर आईएएस र आईपीएसको फूली लगाएकोहरुलाई पनि मुर्ख बनायो उनले आरोप लगाए। यसैगरि अध्यक्ष गोलेले भने आइपईएस र आइएएसलाई पनि  एसडीएफ सरकारले कठपुतली र कार्यकर्ता बनायो। जुन दक्षिण जिल्लाले नोटिफिकेशन निकालेकोछ त्यो झट्ट फिर्ता लिनुपर्छ, सधै एउटै पार्टीको सरकार रहँदैन अब जनता सजक भएकोछ, तपाईहरुलाई भारत सरकारले कानूनी ढंगमा राज्य चलाउनु भनेर पठाएको हो तर तपाईहरु नै सरकारको कठपुतली हुनु हुँदैन,आज जति पनि एसकेएम पार्टीमा सामेल भए ती सबै खाँटी सिक्किमेहरु सामेल भएका छन् तर भोलि एसडीएफ पार्टीले प्रेस बिज्ञप्ती दिएर एसडीएफ पार्टीबाट एउटै पनि एसकेएम पार्टीमा सामेल भएनन् भन्ने छन् तर लाइव वीडियो हेर्नु एसडीएफ पार्टीको कार्यकर्ताहरुले खाँटी एसडीएफ पार्टीको कार्यकर्ता अनि अवकाश प्राप्त कर्मचारीहरु एसकेएम पार्टीमा सामेल भएका छन् , तपाईहरुको भविष्य कुकर, घर, चामलमा सुरक्षित हुँदैन जब सम्म तपाईहरुको भावीपिढ़ीको भविष्य सुरक्षित हुँदैन तब सम्म तपाई पनि सुरक्षित हुनु हुन्न, चामलिंगज्युको ४४ दिनको,३२ दिनको मुख्यमंत्रीज्युको राज्यस्तर भ्रमण भएको थियो तर घोषणा गरेको कुनै काम भएन अब घटेर मुख्यमंत्रीज्युको २२ दिनको भ्रमण राज्यस्तरमा हुँदैछ यसमा के हुन्छ ?  केही हुँदैन, डल्ले खोर्सानी, इस्कुस रोपेर करोड़पति हुनु भन्ने चामलिंगज्यु हो, एकपट्टी एसडीएफ पार्टी कार्यकर्ताहरुले घर दैलो कार्यक्रम गर्दै सरकारले सबैलाई नोकरी दिन्छ भन्दै हिड़दैछ तर अर्को पट्टी सरकारले एडहॉक, एमआर, वर्कचार्जमा नोकरी दिनु सक्दैन, पैसा छैन भन्दै नोटिफिकेशन निकालेकोछ अब जनताले कसको कुरा सुन्नु , चामलिंगज्युले आफैले आफैलाई पनि ढाटेकोछ, हाम्रो सरकारमा सबै शिक्षित युवाहरुलाई पढ़ाई अनुसार स्थायी नोकरी दिनेछौ हाम्रोमा कार्यक्रमछ, तिमी टी गार्डनको श्रमिकहरु बस्ने जमीन आ- आफ्नो  नाममा दिने धेरै चोटी चामलिंगज्युले घोषणा गऱ्यो तर अहिलेसम्म पुरा हुन सकेन, तर हाम्रो पार्टी सरकार आउने बितिकै आ – आफ्नो नाममा पर्चा  बनाएर दिनेछौ। एसकेएम पार्टीमा सामेल हुने नयाँ समर्थकहरूलाई अध्यक्ष गोलेले स्वागत जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया