राष्ट्रीय स्वेच्छिक रक्तदान दिवसको अवसरमा कालेबुङमा राज्य स्तरीय रक्तदान सचेतना कार्याशाला सम्पन्न

कालेबुङ, 1 अक्टोबर: आज राष्ट्रीय स्वेच्छिक रक्तदान दिवसको अवसर पारेर यहाँको वर्सिप सेन्टरमा दुईदिने राज्यस्तरीय स्वेच्छिक रक्तदान कार्याशाला अनि  रक्दान शिविर सम्पन्न सम्पन्न भयो।

स्वेच्छिक रक्तदानबारे जनचेतना प्रदान गर्ने उद्देश्यले फेडरेसन अफ् ब्लड डोनर अर्गनाइजेसन अफ् इण्डिया अनि वेस्ट बेङ्गाल भोलेन्टरी बल्ड डोनर्स फोरम साथै कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको संयुक्त आयोजनामा कार्याशाला एवं शिविर सम्पन्न भएको हो।

आज पहिलो दिनको कार्यक्रम बिहान रामकृष्ण रङ्गमञ्चबाट सचेतना ऱ्याली निकालेर शहर परिक्रमा गरेपछि आरम्भ भएको थियो। कुमिदिनी विद्याश्रमको ब्याण्डसितै निकालिएको ऱ्यालीमा विभिन्न स्कूलका विद्यार्थीहरू, बल्ड डोनर्स फोरम अनि मणि ट्रस्टका कार्यकर्ताहरू एवं विभिन्न सङ्घ-सस्था र व्यक्तिविशेषले सहभागिता जनाएका थिए।यसपछि कालेबुङ जिल्लापाल डा. विश्वनाथको मुख्य आतिथ्यमा यहाँको वर्सिप सेन्टरमा दोस्रो सत्रको कार्यक्रम आरम्भ भएको थियो।

कार्यक्रमबारे जानकारी गराउँदै वेस्ट बेङ्गाल भोलेन्टेरी ब्लड डोनर्स फोरमका सचिव सचिव अपुर्व घोष अनुसार भारतमा प्रत्येक वर्ष 12 मिलियन युनिट रक्तको आवश्यकता पर्छ। तर देशमा 50 लाख विरामीहरूले रक्त पाइरहेका छैनन्। यसैले विश्व स्वास्थ्य संस्थाले पनि सत प्रतिशित रक्तदान अभियान आरम्भ गरेको छ। यसै अभियान अन्तर्गत खुनको कमिले कसैको मृत्यु नहोस्, उनीहरूको उपचार नरोकियोस् भनेर फोरमले सचेतना जगाउने काम गर्दै आइरहेको उनले बताए। उनले यसपल्ट पहाडी क्षेत्रहरूमा महिनाव्यापी कार्यक्रम गरिने जसको उद्घाटन आज कालेबुङबाट भएको बताउँदै यस महिनाव्यापी शिविरमा ग्रहण गरिएका प्रस्तावहरू भारत सरकार अनि राज्य सरकारलाई पनि पठाइने बताए।

अर्कोतिर मणि ट्रस्टका चियरमेन सुवास एम सिंहले भने अनुसार रक्तदान गरिनपर्छ भन्ने विषयमा पहाडबासी धेरै सचेत छैनन्। गोर्खाहरू सिमानामा खुन बगाउन तयार छन् तर शिविरमा आएर खुन दिनुपर्छ भन्ने चेतना थोरैमा मात्र छ। यसैले मूल रूपमा स्वास्थ्यप्रति काम गर्दै आइरहेको मणि ट्रस्टले मानिसहरूलाई रक्तदान सम्बन्धी विशेषज्ञहरूद्वारा उचित परामर्ष एवं सचेतना प्रदान गर्न आजको कार्यक्रम गरिएको सिंहले बताए।

अर्कोतिर कार्यक्रमका प्रमुख अतिथि कालेबुङ जिल्लापाल डा. विश्वनाथले रक्तदान जीवनदान रहेको भन्दै यस पहलको सराहना गरे।

विभिन्न सत्रहरूमा चलेको कार्यक्रममा ओपोलो अस्पतालका क्यान्सर विशेषज्ञ डा. अमित दत्त द्वारी, सिलगढीका पूर्व विधायक रूद्रनाथ भट्टचार्य, रामकृष्ण मिसनका स्वामी नृत्यानन्द, गणदर्पणका सचिव ब्रोजो रोय, आदिको विशेष उपस्थिति थियो। कार्यक्रममा बल्ड डोनर्स फोरमका सचिव अपुर्व घोष, उपाध्यक्ष प्रणेश सरकार, मणि ट्रस्टका अध्यक्ष सुवास एम. सिंह, प्रतिप्त कुमार त्रिपाठी, अमरनाथ मुखर्जी, कालेबुङ जिल्ला अस्पतालका सुप्रिटेन्डेन्ड अनकन सिमलाङ्दी साथै विभिन्न क्षेत्रबाट आएका बोर्ड डोनर्स फोरमका प्रतिनिधिहरूले रक्दान सम्बन्धी वक्तव्य राखेका थिए।

सम्मेलनमा उपस्थित विशेषज्ञहरूले एकजना महिलाले चार महिनामा एकचोटी अनि पुरूषले तीन महिनामा एकचोटी रक्तदान गर्नसक्ने बताउँदै रक्तदान गर्नु कसैको जीवन बचाउनु मात्र होइन आफ्नै स्वास्थ्यको निम्ति पनि लाभदायक रहेको सुझाएका थिए।

यसै कार्यक्रममाझ ट्रस्टले 116 पल्ट रक्दान गर्ने अपुर्व घोष, 145 पल्ट रक्दान गर्ने प्रदिप्त कुमार त्रिपाठी, 140 पल्ट रक्तदान गर्ने जयन्ती मुखर्जी अनि 105 पल्ट रक्तदान गर्ने उत्पल रोयलाई सम्मान जनाएको थियो। भारतीय गोर्खा परिसङ्घ कालेबुङ क्षेत्रीय समितिको पनि सहभागिता रहेको कार्यक्रमवअधि विभिन्न स्कूलका विद्यार्थी एवं आम मानिसहरूले रक्तदान गरेका थिए।   यसै कार्यक्रमाझ वेस्ट बेङ्गाल भोलेन्टरी बल्ड डोनर्स फोरमले सुवास एम. सिंहलाई उत्तर बङ्गाल अध्यक्ष नियुक्त गरिएको घोषणा गरेको छ। सम्मेलन भोलिसम्म चल्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया