लोवर सोरेङको सडक सोचनीय अवस्थामा

कालेबुङ,5 अक्टोबर:  दार्जीलिङ जिल्ला अन्तर्गत तकलिङ पेशोक समष्टिको तकलिङ-2 ग्राम पञ्चायतभित्र पर्ने लोवर सोरेङको सडक अत्यन्त जीर्ण अवस्थामा पगिसकेको छ। सोरेङ बरडाँडा फाटकदेखि मुन्तिरको लोवर सोरेङ, 3 ब्लक फरेस्ट बस्ती हुँदै रवि झोडा एचएच-10सम्म लगभग 10 किलोमिटरको सडक बनिएदेखि अहिलेसम्म पनि अलकत्र देखेको छैन। यस सडकको जीर्ण अवस्थाको कारण स्थानीय मानिसहरूले धेरै समस्या भोग्न परिरहेको भएपनि सम्बन्धित विभागह रूबाट पहल नभएको स्थानीयबासीको आरोप छ।

मुख्य गरी यस गाउँमा न त स्वास्थ्य सुविधा छ, न त उच्च शिक्षाको व्यवस्था नै छ। मानिसहरू विरामी भएको खण्डमा सिलगढी अथवा अन्य अस्पतालहरूमा लानुपर्ने हुन्छ। शिक्षा, स्वास्थ्यसितै यातायातको साधन समेत नभएको यस गाउँका मानिसहरू विकासदेखि पूर्ण रूपमा वञ्चित हुनपरेको स्थानीय अरूण बाईवा, समीर तामाङ, देवराज तामाङ आदिको गुनासो छ। उनीहरू अनुसार धेरै वर्षअघि उक्त गाउँमा सडक बनिए पनि अहिलेसम्म अलकत्र समेत लागेको छैन। सडकमा गाडी कुद्न नसक्ने अवस्था भइसकेको छ। जसले गर्दा मानिसहरूले हुनसम्मको सास्ती पाएपनि कुनै पनि पहल नभएको भन्दै जीटीएले उक्त क्षेत्रको  सडक निर्माणको दिशामा पनि ध्यान दिन स्थानीयले माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया