गान्तोक रोड रनर्स सम्पन्न विजेता 7 धावकले पाए कञ्चनजङ्घा म्याराथनमा सिधा प्रवेश

गान्तोक, 8 अक्टोबर। सिक्किम माउण्टनेरिङ एसोसिएसनद्वारा आयोजित गान्तोक रोड रनर्स  प्रतियोगिताका 7जना विजेता कञ्चनजंघा म्याराथनको निम्ति छनौट भएका छन्। हिज 7 अक्टोबरको दिन  यहाँको रिज पार्कबाट आरम्भ गरिएको म्याराथनमा महिला वर्गका शीर्ष तीन अनि पुरुष वर्गका शीर्ष तीन धावकहरूलाई एसोसिएशनले सोझै कञ्चनजंघा म्याराथनको निम्ति स्पोन्सर गर्ने भएको छ। यसरीनै भेट्रनबाट पनि एकजनालाई कढ्चनजङ्गा म्याराथनको निम्ति चयनित गरिएको छ। आज भएको गान्तोक रोड रनर्समा सिक्किम, कालेबुङ, भारतीय सेनालगायत अन्यले भाग लिएका थिए। महिला वर्गको 10 किलोमिटर दौड प्रतियोगितामा इञ्चे उच्चतर माध्यमिक स्कूलकी विद्यार्थी अञ्जली सुब्बा पहिलो, नरबहादुर भण्डारी डिग्री कलेजकी विद्यार्थी चन्द्रकला शर्मा दोस्रो र इक्साहाङ्मा लिम्बू तेस्रो भएकी छन्। यसरीनै पुरुष वर्गको दौडमा कालेबुङ्का पुरण राई प्रथम,गान्तोकका उत्तम भुजेल  दोस्रो र पश्‍चिम सिक्किमका सुरजराज सुब्बा तेस्रो भएका छन्। भेट्रनमा 35 मिनट 24 सेकेण्डमा दस किलोमिटरको दौड पूरा गर्ने शेरबहादूर छेत्रीले कञ्चनजङ्गा म्याराथनमा आफ्नो नाम सुरक्षित गरेका छन्। यस अवसरमा महिला अनि बाल-बालिकाको निम्ति तीन किलोमिटर दौडको आयोजन गरिएको थियो। यस दौडका तीन विजेताहरूलाई आयोजक मितिले मेडल, प्रमाणपत्र अनि उपहार प्रदान गरेको थियो। तीन किलोमिटरको दौडमा बुद्ध शेर्पा प्रथम, कुङ्गा नीमा काजी दोस्रो र पेमा शेर्पा तेस्रो भएका छन्। आयोजन समितिले सम्पूर्ण धावकहरूलाई प्रमाणपत्र अनि मेडल पनि वितरण गर्यो। यस अवसरमा मुख्य अतिथिको रूपमा खेलकूद तथा युवा मामिला विभागका सचिव एसडी ढकालको उपस्थिति रहेको थियो भने सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष बीके रोका, सिक्किमका म्याराथन म्यान अमर सुब्बा, भारतीय सेनाका एडीजीपी अजय मिश्र, सिक्किम माउण्टनेरिङ एसोसिएसनका रन निर्देशक कुञ्जाङ् ग्याछोलगायत एसोसिएशनका सदस्यहरूको उपस्थिति रहेको थियो। जानकारी गराइन्छ आजका विजेताहरूले आगामी 6 नोभेम्बरको दिन आयोजन हुने कञ्चनजङ्गा म्याराथनमा भाग लिनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares