एसकेएम छोडेर छः परिवार एसडीएफमा

गान्तोक, 8 अक्टोबरः मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रका छः एसकेएम परिवार सत्तारूढ़ एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ। पासाङ शेर्पा, साङ्गे शेर्पा, छिरिङ शेर्पा, लाक्पा शेर्पा, नर्बु शेर्पा, साङ्गे शेर्पाको परिवार एसडीएफमा सामेल भएको बताइएको छ। उनीहरू मिडल बेघा वार्डका वासिन्दा रहेको जनाइएको छ। क्षेत्र विधायक तथा राज्यका मन्त्री एनके सुब्बाले पार्टीको झण्डा प्रदान गरेर उनीहरूलाई बेघामा एउटा कार्यक्रमबीच आज एसडीएफमा स्वागत गरे। हाल पश्चिम जिल्लामा पार्टीका विभिन्न साङ्गठनिक गतिविधिमा व्यस्त रहेका मन्त्री तथा एसडीएफका पश्चिम जिल्ला प्रभारी एनके सुब्बाले हिमाली बेलासँग कुराकानी गर्दै भने,“एसकेएममा सामेल भएका एसडीएफ समर्थकहरू पश्चिम जिल्लामा एकएक गर्दै फर्किँदैछन्। हामी सबैसँग सम्पर्कमा छौं। दशैंपछि ठूलो सङ्ख्यामा एसकेएम समर्थकहरू एसडीएफ पार्टीमा सामेल हुँदैछन्। केही युवाहरू भ्रममा परेर एसकेएममा गएका थिए। तर उनीहरू अहिले हाम्रो सम्पर्कमा आउँदैछन्। हामी सबैलाई स्वागत गर्नेछौं।” “एसकेएमबाट एसडीएफमा सामेल हुने युवाहरूले एसकेएम पार्टीमा प्रजातान्त्रिक माहौल नरहेको हामीलाई बताएका छन्। धेरै महत्वाकांक्षी मानिसहरूको भीड़ सो पार्टीमा रहेको छ। एउटै समष्टिबाट कैयौं सङ्ख्यामा उम्मेदवारका दाबेदारहरू रहेको सूचना प्राप्त भएको छ। उनीहरूको यस महत्वाकांक्षाले एसकेएम पार्टी लामो टिक्दैन भन्ने राज्यका युवाहरूले बुझिसकेका छन्। त्यसैले एसकेएममा गएका युवाहरू हामीतिर फर्किँदैछन्”,मन्त्रीले दाबीका साथ भने।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares