शीतकालीन सत्रमा बील पेश भएन भने देशभरि आन्दोलन गर्छु-विनय तामाङ

गोर्खा समुदायले भाजपा अनि विमल गुरूङहरूको सबै स्टन्टहरूबारे अवगत भइसकेका छन्, यसैले यसपल्टको शीतकालीन सत्रमा पनि उक्त वचन पालन नगरे राष्ट्रभरिका गोर्खाहरूको विरोधको सम्मुखिन हुनुपर्ने तय छ।’


दार्जीलिङ, 9 अक्टोबर


‘शीतकालीन सत्रमा जनजातिको बील सदनमा पेश गरिएन भने हामी दार्जीलिङ पहाड़लगायत समग्र राष्ट्रभरि नै आन्दोलन गर्ने कड़ा चेतावनी हामी भाजपा सरकारलाई दिदँछौं,’ एक प्रतिनिधि टोलीले केन्द्रिय जनजाति मन्त्री जुअल ओरमसित भेटेक शीलकालीन सत्रमा 11जात गोष्ठीलाई जनजातिको मर्यादा दिलाउन बील पेश गर्ने ज्ञापन चढाउने खबर सुनेपछि गोजमुमो- 2 का अध्यक्ष विनय तामाङले यसो भनेका छन्।

जनजातिको मुद्दामा विगत 4 वर्षदेखि भाजपाले लगातार झूटो आश्वासन दिइरहेको आरोप लगाउँदै तामाङले त्यसलाई अब उनको पार्टीले सहन नगर्ने बताएका छन्।

‘आगामी शीतकालीन सत्रमा सांसद अहलुवालियाले  वचन पूरा नगरिए देशभरिका गोर्खाहरूलाई लिएर हामी भाजपाविरूद्ध सड़कमा ओर्लिनेछौं,’ विज्ञप्ति जारी गर्दै तामाङले भनेका छन्।

आजको आजको भेटवार्ता गोर्खा जनमुक्ति मोर्चाले पहाड़बाट निरन्तर दिइरहेको दबाउको परिणाम रहेको दाबी गर्दै 21 अगस्त 2018 को दिन केन्द्र सरकारले 6 साताभित्रमा जनजातिको मुद्दामाथि पहल शुरू गर्ने आश्वासन दिएको तर उक्त 6 साताको मियाद समाप्त भइसक्दा पनि केही कार्य नगरिएकोले आफूहरूले दार्जीलिङ पहाड़बाट सम्बन्धित सङ्घ-संस्थाहरूसित मिलेर निरन्तर केन्द्र सरकारलाई चरम चाप दिइरहेका दाबी गरे।

उनले आजको भेटवार्तालाई त्यही  दबाउको प्रतिफल बताए। ‘हालैको मेरो दिल्ली भ्रमण अनि दिल्लीमा महा ऱ्याली अनि जनसभा गर्ने घोषणाले भाजपा, सासंद एसएस आहलुवालिया, विमल गुरूङ, रोशन गिरीलगायत विमलपन्थीहरू धेरै आत्तिएका छन्,’ तामाङले भनेका छन्, ‘अब गोर्खाहरूलाई दिएको वचन पालन नगरे मेरै नेतृत्त्वमा दिल्लीमात्रै होइन देशभरिका गोर्खाहरू एकजुट भएर आन्दोलनमा उत्रिनेछन्। यसैले गोर्खाहरूको हितमा गम्भीर बनेर कार्य गर्ने सुझाउ पनि म भाजपा सरकार अनि सासंदलाई दिन चाहन्छु।’

जनजातिको मुद्दा पूरा गरिदिने विगत 4 वर्षदेखि दिइरहेको केन्द्र सरकारको आश्वासनकै एक अंशजस्तै आजको भेटवार्ता रहेको तर भेटवार्तालाई मन्त्री ओरमसित फोटो सेसनमात्रै  नहोस् भन्ने आशा रखेको पनि उनले बताएका छन्। ‘किनभने गोर्खा समुदायले भाजपा अनि विमल गुरूङहरूको सबै स्टन्टहरूबारे अवगत भइसकेका छन्,’ उनले भनेका छन्, ‘यसैले यसपल्टको शीतकालीन सत्रमा पनि उक्त वचन पालन नगरे राष्ट्रभरिका गोर्खाहरूको विरोधको सम्मुखिन हुनुपर्ने तय छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares