पृथिवीलाई कम्ती भार दिने प्रणाली अवलम्बन गर्नु र प्रकृतिको रक्षामा साझा दायित्व निर्वाह आवश्यक छः मुख्यमन्त्री चामलिङ

गान्तोक, 10 अक्टोबर। धरतीको सुरतक्षाको निम्ति व्यक्तिगत र सामुहिक दायित्व अत्यन्त आवश्य रहेको मुख्यन्त्री पवन चामलिङले बताएका छन्। राजधानी गान्तोकको चिन्तन भवनमा पूर्वीय तथा उत्तर पूर्वीय क्षेत्र नीति संवाद एंव शहरी बसोबासमा जलवायु परिवर्तन तथा दिगो पर्यावरण, शहरी क्षेत्र बसोबासोको चुनौती तथा भावी लक्ष्य विषय मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले

पृथिवीलाई कम्ती भार दिने प्रणाली अवलम्बन गर्नु र प्रकृतिको रक्षामा साझा दायित्व निर्वाह आवश्यक छ रहेको बताए। उनले  शहरीकरण एक आधुनिक प्रक्रिया भएको बताउँदै ग्रामीण क्षेत्रबाट व्यापक रूपमा शहरी क्षेत्रमा सरुवा हुने परम्पराले शहर बजारको भार बड्ने गरेको बताए। यस सन्दर्भमा मुख्यमन्त्रीले हाम्रो शहरहरूलाई दिगो बनाउने दिशामा सोच्नुपर्ने आवश्यतामा जोर दिए।

उनले ग्राणी क्षेत्रबाट शहरतर्फ पलायन हुने कारणहरू पहिचान गर्नुपर्ने र कस्ता कार्यक्रम र नीति निर्धारण गरेर शहरी क्षेत्रको विकासलाई दिगो रूपमा अघि बढाउन सकिन्छ भन्ने कुरामा पनि चिन्तन गर्न आवश्य रहेको बताए। यसरी नै व्यापक रूपम शहरीकरण हुने विषयलाई स्पष्ट रूपमा बुझ्नुपर्ने साथै यसरी व्यापक रूपमा शहरीकरण हुँदा पर्यावऱणलाई हुने क्षति विषय़मा पनि बुझ्न जरूरी रहेको बताए। अनियोजित शहरी विस्तार साथै प्राकृतिक संसाधनको प्रयोग गर्दा गरिने हेल्चेक्राइँका कारण शहर क्षेत्रको विभिन्न स्थानलाई नै बसोबासका लागि जोखिमपूर्ण बनाइने जस्ता विषयहरूमाथि बोल्दै मुख्यमन्त्रीले मानवजनित स्वास्थ्य जोखिम तथा मानव साथै प्राकृतिक परिवेशलाई क्षति पुग्ने जस्ता विषयहरूमा पनि ध्यान दिन आवश्यक रहेको बताए। यसरी नै मुख्यमन्त्रीले पहाडी क्षेत्रको विकास गर्दा सन्तुलित ढङ्गमा विकास गर्नु पर्ने र विकास र बढ्दो जनसंख्याबीच सन्तुलन हुनुपर्ने साथै दिग रूपमा पर्यावरणलाई संक्षण गर्नुपर्ने कुरामा जोर दिए।

शहरीकरणको प्रभाव जैवविविधतामा पर्ने भएकोले जनस्रोत तथा धाराहरू पनि शहरीकरणको कारण सुक्ने गर्छन भन्दै उनले यस्तो विषयलाई पनि विशे प्रार्थमिकताका साथ हेर्चाह गरिनुपर्ने बताए। यसरी नै शहरी क्षेत्रमा हरियाली बढाउन पर्ने, प्रदूषिणलाई नियन्त्रण गरेर सन्तुलित वातावऱण कायम गर्नुपर्ने आवश्यकतामा मुख्यमन्त्री चामलिङले जोर दिए। उनले शहरी योजनाकार र वैज्ञानिकहरू मिले शहरी विकासका लागि दीर्घमियादी आँकडा तयार गर्नु पर्ने,जलवायु परिवर्तनको कारम हेन प्रङावमाथि अध्ययन गरिनु प्रने सुझाउ पनि मुख्यमंत्रीले दिए।

सिक्किम राज्यमा शहरीकरम र तीब्र गतिमा भएको विकासका कारण पर्यटन एक ठूलो व्यावसाय भएर गएको अनि यसले नयाँ चुनौतीहरू सिर्जना गरेको पनि उने जनाए। पर्यचनले थप विकासको जरूरतको माग गर्ने हुँदा यसले प्राकृतिक संसाधनको प्रयोगसित प्रदूषण आदिको चुनौती पनि ल्याउने गेरको बते। शहरी र ग्रामीण क्षेत्रमा पर्यटनको प्रभाव प्राकृतिक भए तापनि यस्त प्रभावलाई योजनाबद्ध अनि बुद्धिमानीपूर्वक सम्बोधन गर्नुपर्ने, सम्बोधन गर्दा प्राकृतिक-पर्यावरणको पवित्रतालाई बचाई राख्ने उद्देश्यमा काम गरिनुपर्ने बताए।

सिक्किम जस्तो हिमाली राज्यमा नागरिकसितै पर्यावरणका लागि दिगो तता प्रभावकारी पहल र नीति हुन आवश्यक रहेको मुख्यमन्त्रीले जनाए। उनले पाहाडी क्षेत्रले विभिन्न प्रकारको पर्या-प्रणाली सेवा प्रदान गर्ने गरेको बताउँदै वैश्विक ताममानमा वृद्धिको कारण पहाडी क्षेत्रको भ्रमण गर्नेहरूको संख्यामा पनि वृद्धि हुने गर्दा यसले निरन्तर पहाडी क्षेत्रमा भार बढाउने पनि जनाए। उनले भने, विशेष गरी एउटा मौसममा पहाडी क्षेत्रमा भ्रमण गर्नेहरूको संख्या अत्याधिक हुने गर्दछ। यस्तो मौसममा शहरी क्षेत्रमा पनि भार बढ्ने हुँदा यसलाई प्रबन्धन गर्ने अर्को चुनौती रहेको उनले बताए। यिनै विषयहरूलाई ध्यानमा राखेर सिक्किमले ग्रामीण विकास र पर्या पर्यटनलाई प्राथमिकता दिएको हो जनाए।

उनले समग्रमा सरकारी स्थानपा र कर्पोरेट हाउसहरूले नागरिकाहरूको साझा हितमा के राम्रो हुन्छ त्यसबारे सोच्नुपर्ने आवश्यकता रहेको बताए। प्राकृति, परिस्थितिकी र मानव जातिको मूल्य विरूद्ध गएर कसैले पनि खाली नाफा कपामउने विषयमा मात्र सोच्नु नहुने विचार राखे। मुख्यमन्त्रीले गान्तोक र नाम्चीमा भइरहेको स्मार्ट सिटीको विकास प्रक्रियाबारे पनि विभिन्न विषयको उठान गरे।

कार्यक्रमको आयोजना उर्जा तथा संसाधन संस्थान (टेरी) नयाँ दिल्लीले गरेको थियो। जसमा नीति निर्माता प्रात्रिक र विशेषज्ञहरूलाई शहरी क्षेत्रको विकास गर्दा हुने विभिन्न चुनौती र प्रकृतिमाथिको जोखिबारे एउटै मञ्चमा चर्चा गर्ने उद्देश्यमा यो कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा शहरी विकास तथा आवास विभागका मन्त्री एनके सुब्बा, वन विभागका मन्त्री टीडब्लु लेप्चा, मेयर शक्तिसिंह चौधरी समेत विभागीय अधिकारीहरूको उपस्थिति थियो। यसैगरि अन्तरार्ष्टिय शहरी निगन भारका कार्यकर्म निर्देशक पियर रेमिती र टेरीका शहरी विका तथ आवास विभागका सचिव जीडी प्रधानले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। उद्घावटनपछि प्राविधिक सत्रमा शहरी अभियानका स्तर, पूर्वोत्तर क्षेत्रमा साझेदारी तथा यसको क्षमता आदि विषयहरूमा चर्चा गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares