छाङ्गु पोखरीको संरक्षणको भरपर्दो कार्यक्रम हुनुपर्ने माग

गान्तोक,10अक्टोबर। भारतको वन पर्यावऱण तथा मौसम परिवर्तन मन्त्रालयका अधिकारीहरूले नाथुला, बाबा मन्दिर र छांगु पोखरीको परिभ्रमण गरे। दुइदिने भ्रमणमा सिक्किम आएका अधिकारीहरूले पहिलो दिन सिमसार क्षेत्रहरूबारे गान्तोकमा कार्यशाला गरेका थिए। यसैक्रममा  दोस्रो दिनको भ्रमणमा पूर्व सिक्किमको चर्चित सीमसार क्षेत्र छाङ्गु क्षेत्रको भ्रमण गरेर छाङ्गु पोखरी संरक्षण समितिका प्रतिनिधिहरूसित भेटघाट गरेर झील परिसरमा भेला हुने ठोस फोहोर प्रबन्धनबारे देखिएका समस्याहरूबारे चर्चा गर्दै यसका चुनौतीहरूको बारेमा जानकारी लिए। यसका साथै झीलमा बड्दो लेदो र लेऊको समस्या अनि बड्दो पर्यटनको कारणले हुने प्रभावबारे चर्चा गरिएको जानकारी समितिका प्रतिनिधि राजेश राईले दिएका छन्।

यसअवसरमा समितिका सदस्यहरूले भ्रमणमा रहेका अधिकारीहरूलाई छाङ्गु पोखरीको संरक्षणको निम्ति असल भावी योजना तयार पारिदिने र यसको सुरक्षाको निम्ति भरपर्दो कार्यक्रम हुनुपर्ने माग राखेका छन्।

भ्रमणमा केन्द्रीय मन्त्रालयका प्रतिनिधि समेत पूर्वोत्तर राज्यका प्रतिनिधिहरूको पनि उपस्थिति थियो भने राज्यको वन विभागका अधिकारीहरूको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares