15 प्रतिशत बोनस दिने मालिकहरूलाई  मजदुरहरूको कमिटीले दियो जवाब : 15.5 प्रतिशतको दरले थापे बोनस : मजदुरहरूले रचे नयाँ इतिहास

धोत्रे चिया बगानका धोत्रे, समरिकपानी, तुङसुङ, बालासन डिभिजनमा आज जोइन्ट एक्सन कमिटी 15.5% को दरले श्रमिकहरूलाई बोनस वितरण गरेको हो। यी बगानहरू वर्ष 2015 देखि नै अघोषित रूपमा बन्द थियो। एलकेमिस्ट कम्पनीको अधिनमा रहेको उक्त बगानहरू एकाएक बन्द भएपछि मजदुरहरूले जोइन्ट एक्सन कमिटी गठन गरी बगानका श्रमिकहरूले पाउनु पर्ने बकाया राशिको निम्ति सङ्घर्ष गरिरहेको थियो।


दार्जीलिङ, 10 अक्टोबर


गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठनले मालिकहरूसित हात मिलाएपछि कम्पनीहरूले चलाइरहेका बगानका श्रमिकहरूले 15 प्रतिशतको दरले दसैं बोनस थापिरहेको बेला बन्द बगान चलाइरहेको कमिटीले भने 15.5 प्रतिशत बोनस बाँडेको छ।

धोत्रे चिया बगानका धोत्रे, समरिकपानी, तुङसुङ, बालासन डिभिजनमा आज जोइन्ट एक्सन कमिटी 15.5% को दरले श्रमिकहरूलाई बोनस वितरण गरेको हो। यी बगानहरू वर्ष 2015 देखि नै अघोषित रूपमा बन्द थियो।

एलकेमिस्ट कम्पनीको अधिनमा रहेको उक्त बगानहरू एकाएक बन्द भएपछि मजदुरहरूले जोइन्ट एक्सन कमिटी गठन गरी बगानका श्रमिकहरूले पाउनु पर्ने बकाया राशिको निम्ति सङ्घर्ष गरिरहेको थियो।

लामो समयसम्मको सङ्घर्षपछि गत मई महिनादेखि भने कमिटीले बगानको सुरक्षा अनि मजदुरहरूको जीवन यापनका निम्ति काँचो पत्ती बिक्री गर्न सुरु गरेको थियो। मजदुर सहकारी संस्थाको लक्ष्य राख्दै मजदुरहरूले उक्त बगान सञ्चालन गर्न थालेका थिए।

यसैले आज अन्य चालु बगानहरूमा 15% बोनस लिएर विवाद भइरहँदा उक्त बन्द बगानका मजदुरहरूले भने कमिटीमा सङ्गृहित राशिबाट 15.5% को दरले बोनस वितरण गरेको छ। दार्जीलिङ पहाडको इतिहासमा मजदुरहरूले नै बगान सञ्चालन गरेर बोनस वितरण गरेको यो पहिलो उदाहरण हो।

आज बोनस वितरण गर्नका निम्ति कमिटीका अध्यक्ष एम एन प्रधान,  सचिव आशिष तामाङ,  प्रतिनिधिहरू सुरज हावल, सुकराज राई, राजधन राई,  महेन्द्र सुब्बा आदि उपस्थित थिए। कमिटीको यस प्रयासलाई चिया बगान सङ्ग्राम समितिले पनि आर्थिक र अन्य सहयोग पुऱ्याएको थियो।

समितिका प्रतिनिधिहरू समीक चक्रबर्ती,  छेवाङ योञ्जन अनि सुमित देवान पनि आज सम्पन्न भएको बोनस वितरण कार्यमा सरिक बनेका थिए। यसरी नै बन्द अवस्थामा रहेको पेशोक चिया बगानका पनि 11 अक्टोबरको दिन 13.75% को दरले मजदुर समितिले बोनस वितरण गर्ने समितिका अध्यक्ष सरण राईले जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares