जोइन्ट फोरमले श्रमिकहरूको श्रतिपूर्ति जीटीएलाई माग्यो : विनय तामाङले दिए क्षतिपुर्ति दिने आश्वासन

‘जीटीए अध्यक्षले चियाश्रमिकहरूलाई क्षतिपूर्ति दिलाउन केही समय लाग्नसक्ने पनि बताएका छन्। ठीकै छ, चाहे समय लागोस्, तर श्रमिकहरूले न्याय पाउऩ सकोस्’


दार्जीलिङ, 10 अक्टोबर


आखिरमा मोर्चाको श्रमिक सङ्गठनले मालिकहरूले हात मिलाए पनि श्रमिकहरूले क्षतिपूर्ति जिटिएले दिनुपर्ने कुरा उठ्यो। किन भने दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई पहाड बन्दावधिको क्षतिपूर्ति दिनुपर्छ भन्ने माग लिएर आज जोइण्ट फोरमका शीर्ष नेतृत्ववर्गले जीटीए अध्यक्ष विनय तामाङसित भेट गरेका छन्।

जीटीएको मुख्यालय लालकोठीमा नै भएको यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै जोइण्ट फोरमका सबै नेतृत्वहरूले बैठक सौहार्द्धपूर्ण वातावरणमा भएको र जीटीए अध्यक्षले पनि यस माग विषयमा सकारात्मक आश्वा्सन दिएको बताए।

जोइण्ट फोरमको प्रतिनिधि टोलीमा गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-का कार्यकारी अध्यक्ष जेबी तामाङ, जनआन्दोलन पार्टीका व्यूरो सदस्य अमर लामा, क्रामाकपाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनका सचिव सुनिल राई, माकपाको श्रमिक सङ्गठन सीटू नेता समन पाठकका साथै अन्य सामेल थिए। जसले धेरै लामो समयसम्म बैठक भएको बताए।

‘यसपाली दार्जीलिङ पहाडका चियाश्रमिकहरूले 15 प्रतिशतको दरले मात्रै पूजा बोनस पाएका छन्। एकतर्फ उनीहरूले गत वर्ष पहाड बन्दावधिको रोजी पाउनबाट पनि वञ्चित भइरहेका छन् भने पूजा बोनस पनि केवल 15 प्रतिशतको दरले पाए,’ यसबारे जोइण्ट फोरमका संयोजक जेबी तामाङले भने, ‘जसको कारण उनीहरू सबैभन्दा बेसी पीडित बनेका छन्। यसैले यी चियाश्रमिकहरूलाई पहाड बन्दावधिको क्षतिपूर्ति दिनुपर्छ भन्ने माग लिएर नै आज जोइण्ट फोरमले जीटीए अध्यक्ष विनय तामाङसित भेट गरेको हो।’

उनले जीटीए क्षेत्रीय व्यवस्था भएको कारण जीटीएको पनि चियाश्रमिकहरूको अवस्था बुझ्ने दायित्व बन्ने भन्दै पहाडका चियाश्रमिकहरूलाई जीटीएले होस् वा राज्य सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए।

यसरी नै माकपा नेता समन पाठकले चियाश्रमिकहरूलाई न्याय दिलाउऩको लागि सम्पूर्ण श्रमिक सङ्गठनहरू एकजुट बनेको बताउँदै जीटीएले चियाश्रमिकहरूलाई क्षतिपूर्ति दिलाउन सहयोग प्रदान गर्नुपर्छ भने। यसका साथै जाप नेता अमर लामाले चियाश्रमिकहरूलाई क्षतिपूर्ति दिलाउऩ सकारात्मक आश्वासन दिएको बताउँदै यसको लागि एक कमिटी बनाएको र जीटीए अध्यक्षले मुख्यमन्त्रीसित पनि कुरा गरिसकेको बताएको अवगत गराए। ‘जीटीए अध्यक्षले चियाश्रमिकहरूलाई क्षतिपूर्ति दिलाउन केही समय लाग्नसक्ने पनि बताएका छन्। ठीकै छ, चाहे समय लागोस्, तर श्रमिकहरूले न्याय पाउऩ सकोस्,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares