हाम्रो जातिको संस्कृति देखाउने अवसर हो यो –सञ्जय मोक्तान

कालेबुङ, 10 अक्टोबर


“पहाडमा सांस्कृतिक मेला भइरहनु आजको आवश्यकता हो। पहिलातिर बाहिरबाट मेला लिएर रोटे पिङ, जुवा तास राखी यहाँको अर्थनीति बिगारेको हो। अब यहाँकै उत्पादन सामाग्रीलाई प्राथमिकता दिएर यहाँ सांस्कृतिक मेला राखिनुपर्छ,” तामाङ सांस्कृतिक एवं विकास बोर्ड अध्यक्ष सञ्जय मोक्तानको मनतव्य हो यो।

मेला ग्राउन्डमा आयोजित सबला मेलाको अवसरमा उनले यस्तो मनतव्य पोखेका हुन्। जहाँ अन्य समुदाय सरह तामाङ समुदायको पनि विभिन्न किसिमको सांस्कृतिक बाजा, सांस्कृतिक पहिरन एवं जातीय खानपिन बिक्री र प्रदर्शनीमा राखिएको छ।

सामुदायिक संस्कृतिलाई विकास एवं संरक्षण गर्ने उद्देश्यले दशैंको छेक पारी पश्चिम बङ्गाल सरकारको निर्देशमा 6 अक्टुबरदेखि मेला ग्राउन्डमा सबला मेला आरम्भ गरिएको थियो। जुन मेला आगामी 12 अक्टुबरसम्म चल्नेछ। यहाँ 15 वटा विकास बोर्डले आआफ्नो इन्सटल प्रदर्शनीमा राखेको छ। यसमा विशेष तामाङ बोर्डको इन्सटल भने आकर्षणको विषय बने को छ।

तामाङ बोर्डले आफ्नो इन्सटलमा हातले निर्माण गरेको तुङ्ना, डम्फू जस्ता सांस्कृतिक बाजा, खेन्जा आदि जस्ता सांस्कृतिक पहिरन एवं जातीय खानपिन बिक्री गर्नुका सैथै प्रदर्शनीमा राखेको छ। यी सामाग्रीहरू किन्न अथवा दृश्यानुभूतिको आनन्द लिन ग्राहक एवं पर्यटकहरूको भीज जम्ने गरेको छ।

बोर्ड अध्यक्ष सञ्जय मोक्तानलाई लाग्छ, पहाडका समुदाय भनेको सांस्कृतिक पक्षले धनी समुदाय हो। तर यसलाई प्रदर्शनीमा लिएर जिवीकोपार्जन गर्ने माध्यम हामीसित छैन। बल्लबल्ल लाग्ने मेला पनि बाहिरबाट मगाइन्छ। त्यसो हुँदा यहाँको अर्थनीति पनि बाहिर जान्छ। तर हामीले हाम्रै चिजबिज निकालेर मेला राख्यौँ भने त हाम्रो अर्थनीति बाहिर जाने सवालै आउँदैन।

यसको निम्ति वर्षेनी रूपले यहाँ सांस्कृतिक मेला आयोजना गरिनु आवश्यक छ। जस्तो नागाल्यान्डतिर सांस्कृतिक सामाग्री मात्रै राखेर ब्रान्ड मेला आयोजना गरिन्छ। त्यसै गरी यहाँ पनि सांस्कृतिक प्रोडक्ट निकालेर मेला राखियो भने पर्यटकहरूको भीड निश्चय जम्छ।

“हाम्रो जातिको संस्कृति देखाउने अवसर हो यो” उनले भने, “यस्तो मेला वर्सेनी आयोजना हुन आवश्यक छ। यद्यपि यो अवसरको निम्ति पश्चिम बङ्गाल सरकारप्रति आभारी छौ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares