बङ्गालमा एनआरसी लागू गरियोस्- कामतापुर पिपुल्स पार्टी (युइटेड)

सिलगढी, 11 अक्टोबर


कामतापुर पिपुल्स पार्टी (युइटेड)ले असममा जस्तै उत्तर पुरै पश्चिम बङ्गालमा राष्ट्रीय नागरिक रजिस्टर (एनआरसी) लागू गर्ने माग गरेको छ। ‘उत्तर बङ्गालमा घुसपैठको संख्या निरन्तर बढिरहेको छ। जसको कारण यहाँका मूल बासिन्दाहरू विभिन्न समस्यासित जुझ्न परिरहेको छ,’ पार्टीले भनेको छ।

उत्तर बङ्गालले विकासको लागि पाउने कोष घुसपैठीहरूले पनि उपभोग गरिरहेको  कामतापुर पिपुल्स पार्टी (युइटेड)को केन्द्रिय  सचिव निखिल रायले बताएका छन्।

बुधबार जलपाइगढीका डिभिजनल कमिश्नरको माध्यमबाट केन्द्रीय गृह मन्त्रीलाई केपीपीयूले ज्ञापन दिएको छ। ज्ञापनमा बङ्गालमा एनआरसी लागू हुनुपर्ने माग गरिएको छ। रायले पश्चिम बङ्गालमा 25 मार्च 1971 पछि बाहिरबाट छिरेकालाई विदेशी मानिनुपर्ने अनि यसको निम्ति कानूनी कार्वाही गरिनुपर्ने बताएका छन्।

ज्ञापन बुझाउन अघि राजबाड़ी दिघीबाट केपीपीयूले जुलुस निकालेको थियो। जुलुस डिभिजनल कमिश्नरको कार्यालय पुगेको थियो। जुलुसमा सुभाष बर्मन, सुबल राय र अन्य पनि थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया