11 जातले यही शितकालीन सत्रमा ल्याइने बीलपछि जनजातिको मर्यादा पाउने थाहा पाएर विनय तामाङ बौलिरहेका छन्- निमा तामाङ

‘यहाँ विकास, शान्तिको कुरा गरेर मुल मुद्दाबाट ध्यान हटाउने असफल प्रयास हुँदैछ। स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्डले मात्र सम्भव छ। विनय तामङ एन्ड कम्पनीको लागि काम, पैसा नै सर्वस्व हो। त्यसैकारण केही दलालहरू साथै बाध्यताले विवश व्यक्तिहरू मात्र उक्त कम्पनीमा छन् अनि अध्यक्ष विमल गुरुङसित जातिको उन्मुक्ति र गोर्खाल्याण्ड राज्य चाहने सम्पूर्ण गोर्खाहरू साथमा छन् अनि केही समय पछि प्रमाणित पनि गरेर देखाउने छौँ।’


कालेबुङ, 11 अक्टोबर


गोर्खा समुदायभित्रका 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउने विषयमा गत 9 अक्टोबरका दिन दार्जीलिङका सासंद एसएस अहलुवालियाको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको शीर्षस्थ टोलीले केन्द्रिय जनजाति मन्त्री जोएल ओरामसित भेट गरिसकेको छ।

यसअघि अगस्त महिनामा भेट्दा मन्त्रीले जनजातिको निम्ति सबै राज्यहरूबाट रिपोर्ट आइसकेको भन्दै मोर्चालाई 6 हप्ताको समय मागेका थिए। यसैको फलस्वरूप मोर्चाले पुन: त्यसै विषय जानकारी माग्न 9 अक्टोबरका दिन भेट्दा मन्त्रीले शितकालीन सत्रमा बील ल्याउने बचन मात्र दिएनन् तर बधबार 10 अगस्तका दिन अपह्रान्न 3 बजी देशका गृहमन्त्री राजनाथ सिंहसित मन्त्रीको बैठक रहेको कुरा पनि जनाएपछि जनजाति हुने सम्भावना प्रबल बनिरहेको छ।

‘आउँदो शितकालीन सत्रमा भाजपा सरकारले संसदमा बील पेश गरेर पारित हुने छनक पाएपछि अहिले विनय तामाङले उटपट्याङ कामहरू गरिरहेका छन्,’ पूर्व सभासद् एवं युवा मोर्चा प्रमुख कल्लाहकार निमा तामाङले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनजाति हुने छनक पाएपछि बौलाह सरह दिल्ली आएका विनय तामाङले अञ्जनी शर्माको नेतृत्वमा जीएसएसएसको व्यापक बिरोधको सामना गर्न सकेनन्। दिल्ली प्रशासनले पनि अशान्ति हुने भनक पाएर सभा रद्द गरिएको जान्नमा आयो तर केही सिप नचल्दा अन्तमा विनय तामङले आफ्ना कार्यकर्तकाहरूलाई सांसदको पुतला जलाउनु लगाए, पोष्टर टाँस्न लगाए, भाजपालाई दोस्याए।’

तामाङले जनाएअनुसार विनय तामाङले दिल्लीबाट के नै उपलब्धी ल्याएको जस्तो गरेर बागडुग्रा हवाइअड्डामा किरायाको मान्छे बोलाएर थुपार्नु जस्तो निम्न स्तरको राजनीति गरेको भन्दै घटनाले नै विनय तामाङ मार्का कम्पनी कुन स्तरको हो स्पष्ट हुने बताएका छन्।

तामाङअनुसार राज्य प्रशासनको आडमा पहाडमा धडपकड, जेलनेल, घर जलाउने अन्य राजनैतिक पार्टीहरूलाई सभा गर्ने समेत अनुमति नदिने विनय तामाङले दिल्लीमा आएर गणतन्त्र खोज्नु घामको छेउमा टस लाईट बाले जस्तो हो। अब जाति, माटो, ईमान, स्वभिमान बेचेर चौकी, पैसाको तुच्छ स्तर बिहिन राजनीति गर्ने बिनय तामङ एन्ड कम्पनीको एक्सपाइरी डेट पुगिसकेको छ।

‘हामीलाई पहाडबाट भागेका भन्नेहरूलाई थाहा होला संसारमा कैयौँ नेताहरू भूमिगत भएर नै आन्दोलन सफल बनाएको इतिहास छ अनि हामी व्यक्तिगत कारणको लागी भूमिगत भएका होइनौं। गोर्खा जातिको अस्तित्व, अस्मिता र राष्ट्रिय चिह्नारीको लागी जातीय कर्तव्य पुरा गर्न भुमिगत भएका हौं,’ तामाङले भनेका छन्, ‘गोर्खाल्याण्डप्रेमी जनतालाई थाहा छ। विनय तामाङले कैँजलेबाट लुकेर बङ्गालको सुनियोजित सुझाउमा अनिश्चितकालीन बन्द डाकेका थिए अनि जीएमसीसी पनि बिनय तामाङको हैकमवादको कारणले असफल भएको थियो। २९ अगस्तमा बङ्गालसित वार्तापछि बङ्गालका मुख्यमन्त्रीले छुटै राज्यको माग संवैधानिक हो अनि यो राज्यको होइन केन्द्रको विषय हो भनेका हुन्। तर 5 अक्टोबर 2018 को दिन प्राण दिन्छु तर बङ्गाल टुक्रिनु दिन्न भन्यो त खै प्रतिवाद?’

तामाङअनुसार मोर्चाले जनजातिको, बनवासीको, गोर्खाल्याण्डको माग केन्द्रमा रहेको भाजपा सरकारसित राख्दा प्रतिवाद गर्नु बिनय एन्ड कम्पनी पूर्णरूपले बङ्गालको नियन्त्रणमा रहेको प्रमाण हो। केन्द्र सरकारले केन्द्र शाषित प्रदेशको प्रारूप तयार पारेको चाल पाएर बिनय एण्ड कम्पनीलाई पैसा र चौकीको लोभ देखाएर सही प्रकारको आन्दोलनलाई भताभुङ बनाएको इतिहासले माफ गर्ने छैन।

‘यहाँ विकास, शान्तिको कुरा गरेर मुल मुद्दाबाट ध्यान हटाउने असफल प्रयास हुँदैछ। स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्डले मात्र सम्भव छ। विनय तामङ एन्ड कम्पनीको लागी काम, पैसा नै सर्वस्व हो,’ तामाङले भनेका छन्, ‘त्यसैकारण केही दलालहरू साथै बाध्यताले विवश व्यक्तिहरू मात्र उक्त कम्पनीमा छन् अनि अध्यक्ष विमल गुरुङसित जातिको उन्मुक्ति र गोर्खाल्याण्ड राज्य चाहने सम्पूर्ण गोर्खाहरू साथमा छन् अनि केही समय पछि प्रमाणित पनि गरेर देखाउने छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares