विनय तामाङले गरे मालिकले नोक्सान खपेर श्रमिकहरूलाई बोनस दिन नसक्ने स्पष्टिकरण : दोष्याए विमल र रोशनलाई : 15 प्रतिशत बोनस दिलाउन हामीले परिश्रम गरेका हौं- तामाङ

‘मालिकपक्षबाट राखिएको कानूनी प्रावधान अनि मापदण्डहरूसित जुझ्दै यसपालि 8.33 प्रतिशतबाट बड़ाएर 15 प्रतिशत बोनस दर पुराउन हामीले कठोर परिश्रम गरेका छौं। विमल गुरूङ अनि रोशन गिरीहरूले न त कुनै बोनस वार्तामा प्रतिनिधिहरू पठाए न त बोनसको विषय लिएर कहिल्यै आवाज नै उठाए।अहिले आएर रोशन गिरीले यस प्रकारको बयान दिनु लज्जाजनक पनि हो।’


दार्जीलिङ, 11 अक्टोबर


चियाबारीका मालिकहरूले 100 करोड क्षतिपूर्ति मागेको छ। आउँदो वित्तियवर्षमा यसबारे छिनाफाना हुनेछ। यता 104 दिनको बन्दमा नोक्सानी भयो भन्दै विनय तामाङ खेमा मोर्चाको श्रमिक सङ्गठनसित मिलेर यसपल्ट पाउँदै गरेको 20 प्रतिशत बोनस घटाएर श्रमिकहरूले 15 प्रतिशत दियो।

यता आज गोजमुमो महासचिव रोशन गिरीले मोर्चाका श्रमिकले मालिकहरूले क्षतिपूर्ति पाउँनेहुँदाहुँदै श्रमिकको बोनसदर घटाएर मालिकसित हात मिलाएकोमा आपत्ति जनाउँदै 20 प्रतिशत नै बोनस हुनुपर्ने दाबी गरेको छ।

अर्कोतिर युनाइटेड फोरमले 104 दिनको बन्दमा श्रमिकहरूलाई भएको क्षतिपूर्ति जिटिएले दिनुपर्ने माग गरेको छ। फोरमले श्रमिकहरूलाई जिटिएले क्षतिपूर्तिदिने कुरा आश्वास्त गराएको छ भने जिटिए विओए अध्यक्ष विनय तामाङले पनि श्रमिकहरूलाई क्षतिपुर्ति दिने बचन दिएका छन्।

विनय तामाङले एक विज्ञप्ति जारी गर्दै रोशन गिरीका कुराहरूको खण्डन गरेका छन्। तामाङले श्रमिकहरूको बोनस दर घट्नुमा विमल गुरूङ अनि रोशन गिरी दायी रहेको जनाएका छन्।

तामाङअनुसार उनीहरूले नै आन्दोलन गरेका हुन्। त्यही आन्दोलनको कारण मालिकहरूले घाटा देखाएको हो। त्यही घाटालाई देखाएर मालिकहरूले  8.33 प्रतिशत मात्रै बोनस दिन चाहेको तर आफूहरूले मुस्किलले 15 प्रतिशत दिलाएको जनाएका छन्।

‘मालिकपक्षबाट राखिएको कानूनी प्रावधान अनि मापदण्डहरूसित जुझ्दै यसपालि 8.33 प्रतिशतबाट बड़ाएर 15 प्रतिशत बोनस दर पुराउन हामीले कठोर परिश्रम गरेका छौं,’ तामाङले भनेका छन्, ‘विमल गुरूङ अनि रोशन गिरीहरूले न त कुनै बोनस वार्तामा प्रतिनिधिहरू पठाए न त बोनसको विषय लिएर कहिल्यै आवाज नै उठाए।अहिले आएर रोशन गिरीले यस प्रकारको बयान दिनु लज्जाजनक पनि हो।’

बोनस एक्ट 1965 अनुसार श्रमिक, सब-स्टाफ, स्टाफहरूको बोनस एक वित्तीय वर्षमा आधारित हुने गर्ने भन्दै तामाङले अघिल्लोवर्ष चियाश्रमिकहरूले 19.7 प्रतिशत बोनस पाएको बताएका छन्।  ‘त्यो बोनस वित्तीय वर्ष 2016-17 को आधारमा प्रदान गरिएको थियो। यसवर्षको बोनस 2017-18 वित्तीय वर्षको आधारमा निर्धारित भएको हो,’तामाङले भनेका छन्, ‘यसैले सोही कानूनी प्रावधानलाई केन्द्र गरेर यस वर्ष भएको 104 दिनको बन्दलाई दोष्याउँदै मालिकपक्षले 8.33 प्रतिशतमात्रै बोनस दिने निश्चित गरेका थियो, जसलाई हामीले लगातार वार्ताहरू गरेर 15 प्रतिशतसम्म पुराएका हौं।’

तामाङको दाबी छ, विमल गुरूङ अनि रोशन गिरीको आह्वानमा 104 को पहाड़ बन्द अनि दिशाहीन आन्दोलनले चियाकमानहरूलाई कूल 332 करोड़ घाटा भएको मालिकपक्षले विवरण प्रस्तुत गऱ्यो।  उक्त बन्दको मारले दैनिक हाजिरालगायत अन्य कतिपय सहुलियतहरूको कूल 110 करोड़ श्रमिकहरूलाई घाटा भएको छ।

‘रोशन गिरी अनि विमल गुरूङको यदि लाज, शरम अनि स्वाभिमान बाँचेको छ भने विगतको 104 दिनको बन्दले पहाड़को चियाकमान, पर्यटनलगायत विविधक्षेत्रमा भएको घाटा अनि समस्याहरूको जिम्मेवारी लिनु सक्नुपर्छ,’ तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares