सांस्कृतिक मेला बारम्बार भइरहोस्- नेवार वोर्ड

कालेबुङ, 11 अक्टोबर


पश्चिम बङ्गाल सरकार एवं कालेबुङ जिल्ला प्रशासनको संयुक्त आयोजनामा सम्पन्न भइरहेको सबला मेला भोलि समापन हुनेछ। 6 अक्टुबेरदेखि सम्पन्न भइरहेको मेलामा अन्य समुदाय सरह नेवार समुदायको पनि विभिन्न किसिमको सांस्कृतिक बाजा, सांस्कृतिक पहिरन एवं जातीय खानपिन बिक्री र प्रदर्शनीमा राखिएको छ।

सामुदायिक संस्कृतिलाई विकास एवं संरक्षण गर्ने उद्देश्यले दशैंको छेक पारी पश्चिम बङ्गाल सरकारको निर्देशमा 6 अक्टुबरदेखि मेला ग्राउन्डमा सबला मेला आरम्भ गरेको हो। यहाँ 15 वटा विकास बोर्डले आआफ्नो इन्सटल प्रदर्शनीमा राखेको छ।

यसमा नेवार सांस्कृतिक एवं विकास बोर्डले आफ्नो इन्सटलमा सांस्कृतिक बाजा, आदि जस्ता सांस्कृतिक भेषभूषा, न्यापु सिरव, कलन कल, तायो, माकशी आदि जस्ता जातीय गरगहना एवं जातीय खानपिन बिक्री गर्नुका सैथै प्रदर्शनीमा राखेको छ।

आफ्नो सांस्कृतिक सामाग्रीहरू प्रदर्शनीमा निकाल्न पाउँदा खुशी लागेको अनुभूति बोर्ड संयोजक केवल प्रधानले साझा गरे। विभिन्न प्रकार को सांस्कृतिक सामाग्रीहरू धेरै मात्रामा बिक्री पनि भएको उनले बताए। यस्तो  सांस्कृतिक मेला यहाँ वर्सेनी रूपले आयोजना गरिनु आवश्यक रहेको उनले बताए। जातिको संस्कृति देखाउने अवसर दिएकोमा पश्चिम बङ्गाल सरकार एवं मेला आयोजक समितिप्रति उनले आभार व्यक्त गरे।

यस सबला मेलाले नेवार समुदायको सांस्कृतिक विकासमा थप टेवा पुगेको नेवार सांस्कृतिक विभागकी सचिवा जमुना प्रधानले बताइन्। जातीय र सांस्कृतिक पक्ष मात्र नभएर नेवारहरूको आत्मनिर्भरताको सवाल पनि जटिल बन्दै गइरहेको अवस्थामा मेलाले विविध पक्षसितै आत्मनिर्भरताको पाठ सिकाएको उनले बताइन्। यस किसिमको सांस्कृतिक मेला बारम्बार भइरहनु पर्ने कुरामा उनले विशेष जोड दिइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares