मुख्यमन्त्री चामलिङलाई रोममा भेटिन इटलीको निम्ति भारतको राजदूतले

गान्तोक, 14 अक्टोबर।  मुख्यमन्त्री पवन चामलिङलाई इटलीमा भारतका राजदूत रिनत सन्धुले रोममा भेट गरिन्।  उनले मुख्यमन्त्री चामलिङलाई सिक्किम राज्यलाई सतप्रतिशत जैविक राज्य बनाउन सफल भएकोमा बधाई दिइन। यसैगरि संयुक्त राष्ट्रप्रायोजित फ्युचर पोलेसी गोल्ड अवार्डको निम्ति चयन भएकोमा हार्दिक बधाई दिइन।

मुख्यमन्त्री चामलिङले राजदूतप्रति आभार प्रकट गर्दै सिक्किम सरकारले 1995 साल यता पर्यावरणको निम्ति गर्दै आएको विभिन्न कार्यक्रम र योजना नीतिको विषयमा आफ्नो अनुभव साझा गरे। उनले आफ्नो अऩुभव साझा गर्दै भने, सिक्किम सरकारको परिश्रम र इमान्दार प्रयासलाई सिक्किमे जनताले गरेको समर्थन अनि सहयोगले नै सतप्रतिशत जैविक राज्य बन्ने लक्ष्य प्राप्त गर्न सकेका हौं। मुख्यमन्त्रीले राजदूतलाई इटलीमा जैविक अवधारणामाथि काम गर्न सकिने तथा त्यसबाट समान्तर रूपमा सिक्किमलाई पनि फाइदा हुने क्षेत्रको सम्भावनाबारे जानकारी मागे। यस अवसरमा राजदूतले भविष्यमा पुन एकपल्ट  सम्भावना र अवसरहरूको खोजको निम्ति इटली भ्रमणमा आउने निम्तो दिइऩ।

रोमको स्थानीय समय अनुसार आज 6 बजी मुख्यमन्त्रीले फ्युचर पोलेसी गोल्ड अवार्ड पुरस्कार ग्रहण गर्नेछन्। मुख्यमन्त्रीसित कृषि मन्त्री सोमनाथ पौड्याल, लोकसभा सांसद पीडी राईले पनि राजदूतसितको बैठकमा भाग लिएका थिए।  यो पुरस्कार प्रदान गरिँदैछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares