रेड पाण्डाले पछाऱ्यो नमो बुद्धलाई

रिम्बिक, 15 अक्टोबर। दार्जीलिङक रिम्बिक-लोधोमा स्पोर्ट्स एसोसिएसनको तत्त्वाधानमा गत दिनांक २ अक्टोबर २०१८ देखि सम्पन्न भइरहेको खुल्ला नगद राशी लात्ते भकुण्डो प्रतियोगिताको अन्तिम फाइनल खेल आज सोमबार दिन रिम्बिक खेल मैदानमा विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमहरुको साथमा बोर्ड अफ डाइरेक्टर,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मनोनित अध्यक्ष विनय तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
सोमबार भएको अन्तिम फाइनल खेलमा रेड पाण्डा,नाम्चीले नमो बुद्ध,रिम्बिकलाई १ को विरुद्धमा २ गोल लगाएर ट्रफी सहित नगद राशी २,५०,००० (दुई लाख पचास हजार) रुपियाँ हत्याउन सफल भए भने नमो बुद्ध,रिम्बिकले उपविजेताको रुपमा ट्रफी सहित नगद राशी १,५०,००० (एक लाख पचास हजार) रुपियाँ प्राप्त गरे। विजेता साथै उपविजेता दलका खेलाडीहरुलाई प्रमुख अतिथि श्रीमान विनय तामाङको बाहुलीबाट प्रदान गरियो।उक्त कार्यक्रम अवधि रिम्बिक क्षेत्रका वरिष्ठ नागरिकहरुलाई पनि एसोसिएसनको तर्फबाट सम्मान जनाइएको जानकारी निमेष सुब्बाले दिएका छन्। 
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया