शरद यामको पर्यटन मौसम शुरू, पर्यटकहरूको घुइॅंचो

गान्तोक, 15 अक्टोबर।


वर्षको दोस्रो चरणको पर्यटकीय मौसम शुरू हुन साथै राज्यमा पर्यटन सुविधाको निम्ति बढेको पूर्वाधारहरूले यो वर्षको पर्यटन मौसमलाई महत्वपूर्ण योगदान पुर्याउने छॉंट देखिएको छ। अहिले सिक्किमकोराजधानी गान्तोक लगायत अन्य पर्यटकीय गन्तव्यतिर घुम्नु आउने पर्यटकहरूको संख्या वृद्धि भएको छ।

दशैंको घमाइलो दिनमा छुट्टी बिताउन आउने पर्यटकहरूको बाक्लो उपस्थितिले गर्दा पर्यटन हितधारकहरू अहिले निकैव्यस्त भएका छन्। पछिल्लो पर्यटकीय मौसममा अहिलेसम्मको सर्वाधिक 13 लाख पर्यटक सिक्किम भित्रिएको आकंडा पर्यटन विभागले जारी गरेको छ भने यसपाली पछिल्लो वर्षको सबै रेकर्डतोड पर्यटक आगमन हुने सम्भावनारहेको छ।

पछिल्लो वर्ष छिमेकी क्षेत्र दार्जीलिङमा चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनकालले सिक्किमको पर्यटन उद्योगलाई राम्रै प्रभाव पारेको भए पनि पहाडमा आन्दोलन सेलाएपछि पर्यटकहरूको आगमन दोब्बर नैभएको थियो। यस वर्ष भने पाकिम विमानस्थलबाट सोझै सिक्किम आउन सक्ने व्यवस्था शुरू भएपछि पर्यटकको निम्ति सुविधासितै छिमेकी क्षेत्रमा हुने राजनैतिक अस्थिरताले अबउसो पहिला जस्तो प्रभाव नपार्ने ट्राभल एजेन्टएसोसिएशन टास का पूर्व अध्यक्ष तथा सिक्किमको वरिष्ठ पर्यटन व्यवसायी लुकेन्द्र रसाइलीले खुशी व्यक्त गरेका छन्।

उनले भने, पहिला आन्दोलन हुन साथै पर्यटकहरू आउन छोड्थे भने अब सोझै हवाई जहाजबाट सिक्किमप्रवेश गर्न सक्ने भएकोले पर्यटनको क्षेत्रमा प्रभाव नपर्ने देखिएको छ जुन सिक्किमको पर्यटनको दिशामा भइरहेको पूर्वाधार विकासको राम्रो असर मान्न सकिन्छ। यद्यपि, पूर्व जिल्लामा हवाई सम्पर्क शुरू भएपछि अन्य जिल्लामाविशेष गरेर पश्चिम जिल्ला प्रभावित हुन पनि सक्ने उनको मनतव्य छ।

अर्कोतिर, यसै वर्ष राज्य सरकारको पर्यटन विभागले पर्यटनको इतिहासमा पहिलोपल्ट पर्यटन नीति तयार पारिएको छ। जसले पनि पर्यटकहरूकोआगमनलाई सहज र आधिकारिक रूपमा सुविधाजनक बनाउन सक्ने देखिएको छ। यसैगरि, शरदयाममा हुने छोटो अवधिको यो पर्यटकीय मौसममा सबैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने भनेकै हितपात हो जुन गतआइतबारदेखि सिक्किमको हिमाली क्षेत्रहरूमा शुरू भइसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares