सुमेटी नेताको बिजनबारीमा हत्या

बिजनबारी, 17 अक्टोबर


चुङथुङ तामसाङ समष्टि अन्तरगत चुङथुङ लोवर डिभिजन निवासी तथा सुमेटी मोर्चा केन्द्रिय समिति सदस्य लगभग ४६ वर्षीय आनन्द गुरुङको आपसी मदभेदको कारण ज्यान गएको घटना प्रकाशमा आएको छ।

हिजो राती लगभग ७:३० तिर आफ्नै गाउँ लोवर चुङथुङ डाडागाउँमा  उनलाई  धारिलो हतियारले घिच्रोमा प्रहार गरेको  तथा उपचारको निम्ति सदर अस्पताल दार्जीलिङमा लगभग १२ बजीतिर उपचारको क्रममा उनको ज्यान गएको  परिवारले जनाएको छ।

गाउँकै छिमेकीले नै उक्त हत्या गरेको परिवारले जानकारी  गराएको भए पनि प्रशासनिक पुष्टि भने हालसम्म भएको छैन। मृतदेहको पोस्टमार्टम पछि गाउँमा ल्याइयो। अहिलेसम्म कोही पक्राउ परेको खबर छैन।

अर्कोतिर उक्त घटनाले बिजनबारी क्षेत्रमा भएको शान्ति शृङ्खलालाई धमिल्याउने कुचेस्टा भएकोले दोषीलाई कडा कार्वाही हुनुपर्ने माग गोजमुमो केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेलले  जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares