ममताको ‘बाङ्गला’ सङ्कटमा

विदेश मामिला मन्त्रालय (एमइए) लाई लेखेको एउटा पक्षमा गृहमन्त्रालयले भनेको छ, ‘पश्चिम बङ्गालको प्रस्तावित नाम ‘बाङ्गला’ बङ्गलादेशजस्तै छ। यसले बाङ्गला र बङ्गलादेशबीच अन्तराष्ट्रीयस्तरमा भ्रम उत्पन्न गराउन सक्छ।’


कोलकाता, 21 अक्टोबर


सत्तामा आउने वित्तिकै मुख्यमन्त्री चाहन्थिन्, राज्यको नाम बद्लियोस्। उनले बारम्बार पश्चिम बङ्गाल राज्यलाई आफूले दिएको नामले चिनाउने रहर व्यक्त गरिसकेकी हुन्। तर उनको रहर विस्तारै रहरै रहने दिशातिर लम्किरहेको छ।

किन ममता व्यानर्जी राज्यको नाम बद्लिन चाहन्छिन्?

केन्द्र सरकारले ममता व्यानर्जीको चाहनामाथि शङ्का गर्न थालेको छ।

विदेश मामिला मन्त्रालय (एमइए) लाई लेखेको एउटा पक्षमा गृहमन्त्रालयले भनेको छ, ‘पश्चिम बङ्गालको प्रस्तावित नाम ‘बाङ्गला’ बङ्गलादेशजस्तै छ। यसले बाङ्गला र बङ्गलादेशबीच अन्तराष्ट्रीयस्तरमा भ्रम उत्पन्न गराउन सक्छ।’

भारतसित बङ्गलादेशको सम्बन्ध सौहार्द छ। यसैकारण गृहमन्त्रालयले  ममता व्यानर्जीको राज्यको नाम परिवर्तनको मुद्दाबारे एमइएबाट प्रतिक्रिया माग्ने सल्लाह दिइएको थियो। यसैबारे गृहमन्त्रालयले आफ्नो रिपोर्टमा  ‘बाङ्गला’ र बङ्गलादेश एउटाएउटै छ भनेर लेखेको छ।

मुख्यमन्त्री व्यानर्जीले यसअघि पनि दुइपल्ट राज्यको नाम बद्लिने केन्द्रलाई प्रस्ताव पठाएकी थिइन्। जसलाई केन्द्रले खारेज गरेको छ। गृह मन्त्रालयका वरिष्ठ अधिकारीअनुसार, एमइएबाट प्रतिक्रिया पाइए नाम संशोधन गर्ने प्रस्तावलाई केन्द्रिय मन्त्रीमण्डलमा राखिनेछ। मन्त्रीमण्डलको स्वीकृति पाइए मात्र संसदमा संविधान संशोधन विधेयक प्रस्तुत गरिनेछ।

प्रस्तावले राष्ट्रपतिकोमा जानअघि नै स्वीकृति पाउनुपर्नेछ। कुनै पनि राज्यको नाम परिवर्तन गर्न एउटा संवैधानिक संशोधन अनिवार्य छ।

जुलाई महिनामा पश्चिम बङ्गाल विधानसभाले राज्यको नाम ‘बाङ्गला’ राखिने प्रस्ताव पारित गरेको छ। जसमा भनिएको छ, ‘पश्चिम बङ्गालको नाम बद्लिएर बाङ्गा बनाइयोस्। किन भने बाङ्गा बङ्गालको पहिचान हो।’

यता मुख्यमन्त्री व्यानर्जीले राज्यको नाम परिवर्तन गर्नुको कारण राज्यहरूलाई वर्णमाला अनुक्रममा राख्नु बताएकी छन्। किन भने सूचीमा पश्चिम बङ्गालको नाम निक्कै फेदमा छ।

2011 मा राज्य सरकारले ‘पश्चिम बङ्गो’  भनेर  गरेको प्रस्तावित नामलाई केन्द्रले खारेज गरेको थियो। त्यसपछि 2016 मा बङ्गाललाई तीन भाषामा ‘बाङ्गला’ (बङ्गालीमा), बङ्गाल (अङ्ग्रेजीमा) र बङ्गाल (हिन्दीमा) गर्ने प्रस्ताव दिएको थियो, यसलाई पनि केन्द्रले खारेज गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares