जलपाईगढीमा दोहोरियो निर्भया काण्ड : आफ्नै भतिज निस्किए राक्षस

‘जमिनको विवाद चलिरहेको थियो। भतिजले त्यसैको रिसमा यस्तो गरेको हो,’ पीडिताको कुरा यस्तो छ। पीडिताको भनाइअनुसार पारिवारिक जमिन विवादको कारण पीडितासित आफ्नै भतिजले रिस फेर्न यस्तो दुष्कर्म गर्ने योजना बनाए। शनिबार राती भतिजले तीनजना युवक लिएर पीडिताको घर आएको थियो। जमिनबारे भनाभन चलेको थियो। यस्तैमा उनीहरूले जबरजस्ती तानेर पीडितालाई नदी किनार लग्यो अनि  दुष्कर्म गऱ्यो अनि पीडिताको यौनाङ्गमा रड घुसारेर सुँइकुच्चा ठोक्यो।


जलपाईगढी, 22 अक्टोबर

जलपाईगढीमा त्यस्तो घटना देखा पऱ्यो, जसले फेरि सबैलाई निर्भया काण्डको सम्झना गराएको छ। धुपगढीमा एक महिलालाई सामुहिक बलात्कार गरेपछि पाडिताको यौनाङ्गमा फलामको रड घुसारेर पिपाशुहरू भागे।

निक्कै सिकिस्त पीडितालाई एक रिक्सा चालकले देखेपछि हतारहतार अस्पताल लगे। घटनापछि धुपगढीको ठाकुरपाठ क्षेत्रमा तनावको स्थिति छ।

‘जमिनको विवाद चलिरहेको थियो। भतिजले त्यसैको रिसमा यस्तो गरेको हो,’ पीडिताको कुरा यस्तो छ। पीडिताको भनाइअनुसार पारिवारिक जमिन विवादको कारण पीडितासित आफ्नै भतिजले रिस फेर्न यस्तो दुष्कर्म गर्ने योजना बनाए। शनिबार राती भतिजले तीनजना युवक लिएर पीडिताको घर आएको थियो। अघिबाटै भतिजसित जमिनबारे भनाभन चलेको थियो।

जमिनको विवाद सुल्झाउने भन्दै भतिजले फकाएर उनलाई घरदेखि केही पर लगे। जहाँ अन्य दुइजना युवक पनि थियो। तर भतिजले जमिनको विवाद सुल्झाउने त परै जाओस्, उनलाई दुइ युवकको सामुन्ने बलात्कार गऱ्यो। बलात्कार गरेर पनि भतिजको रिस मरेन। पीडिताको पीडिताको यौनाङ्गमा रड घुसारेर सुँइकुच्चा ठोक्यो।

घटनाको बेला पीडिताको लोग्ने घरमा थिएन। पीडिताले भजितबाहेक अन्य दुइले भने बलात्कार नगरेको तर बलात्कार गर्न सहयोग भने गरेको बताएकी छन्।

पुलिसले घटनास्थलमा पुगेर जाँचपड्ताल शुरु गरेको छ। तीनैजना अपराधीलाई चिन्हित पनि गरेर पक्राउ गरिएको छ। पुलिसअनुसार प्रमुख आरोपी पीडिताकै भतिज रतन मुण्डा हुन्। उनका सहयोगी हुन् परिमल रोय र सन्तोष रोय। पीडिताको लोग्नेले तीनैजना विरुद्ध थानामा प्राथमिकी दर्ता गरेका छन्।

अतिरिक्त पुलिस अधिक्षक थेन्डुप शेर्पाले आरोपीहरू विरुद्ध प्राथमिकी दर्ता भएको बताएका छन्। उनले आरोपीहरू विरुद्ध धारा 326, 307 तथा 376 डी अनुसार मुद्दा दर्ता गरिएको अनि धुपगुड़ी थानाका आइसीलाई लिएर एउटा जाँच कमिटी पनि बनाइएको बताएका छन्।

नेश्नलल क्राइम रेकर्ड ब्यूरोको आँकडाअनुसार 2016 मा देशभरि महिलाहरूलाई बलात्कार गरिएको मोठ   38,947 घटना भएको थियो। बताइएअनुसार प्रतिदिन 107 महिलाहरूसित बलात्कारको घटना हुने गरेको छ। 2014 मा 90 प्रतिशत यस्तो घटना देखापरेको थियो। राष्ट्रीय अपराध रेकर्ड ब्यूरोको आँकडाअनुसार  2013 मा भारतमा बलात्कारको घटनाको संख्या बढ़ेर 33,707 भएको थियो। 2012 मा 24,923 थियो। वर्ष 2013 मा 15,556 घटनामा पीडिताको उमेर 18 देखि 30 वर्ष थियो।  2016 मा 338954 मामिला देखा पऱ्यो।दैनिकरूपमा 928 महिलाहरू कुनै न कुनै अपराधको शिकार बनेको  क्राइम रेकर्ड ब्यूरोको आँकडाले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares