गाडीधुरामा पिक अप गाडीमा आगो

खरसाङ, 23 अक्टोबर


हिजो साँझ लगभग 7.30 तिर गाडीधुराको रक्ति खोला नजिक पिक् अप भ्यानमा अचानक आगो लागेको छ। आगो लागेर उक्त गाडी लगभग 80 प्रतिशत जलेको बताइएको छ। खरसाङ थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोष्टको थाना प्रभारीले जानकारी दिए अनुसार आज साँझ सिलगढीबाट आइरहेको डब्ल्युबी 73 बी 5244 नम्बरको  पिक् अप  गाडी लगभग गाडीधुरा नजिक रक्ति खोलामा आइपुग्दा अचानक आगो लागेर 80 प्रतिशत जलेको छ।

आगो लागेपनि कोही घाइते भएका छैनन् अनि आगोको समय गाडीको चालक बाहिर निस्केर ज्यान जोगाएको बताइएको छ। उनले बताए अनुसार गाडीमा कुरकुरे र अन्य खाद्य पदार्थ लादिएको थियो। सिलगढीबाट अग्निशमनको गाडी आएर आगो निभायो। थानी प्रभारीअनुसार गाडीमा आगो सट् सर्किट्को कारणले लागेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares