ममता व्यानर्जीको घरमा 74 लाखको वाच टावर : सुरक्षाको लागि लाखौं खर्च

कोलकाता, 23 अक्टोबर


मुख्यमन्त्री ममता व्यानर्जीको सुरक्षाको लागि उनको पैतृक घरमा 74 लाख रुपियाँको दुइवटा वाच टावर लगाउने भएको छ।

अचानक उनको घरमा यत्रो खर्चालु वाच टावर बसाउने भएको हो। व्यानर्जी कालीघाटस्थित पैतृक घरमा बस्छिन्। कालीघाट बस्तीक्षेत्र हो। यसैले उनको सुरक्षाको लागि टावर राखिने भएको छ।  राज्यको लोक निर्माण विभागले टावर लगाउने भन्दै अधिसूचना जारी गरेको हो।

मुख्यमन्त्रीलाई भेट्न दैनिकरूपमा अनेकौं मानिसहरू आउँछन्। अब आउनेहरूजति सबैको निगरानी त्यही वाच टावरले गर्नेछ।

राज्यको गृह विभागले आफ्नो एक रिपोर्टमा भनेको थियो, जहाँ मुख्यमन्त्री बस्छिन्, सुरक्षाको हिसाबमा सही ठाउँ होइन। यसैले गृह विभागले व्यानर्जीको सुरक्षा बढाउने सिफारिस गरेको थियो।  लोक निर्माण विभागद्वारा जारी अधिसूचनामा भनिएको छ, जुन कम्पनीले टावर बसाउँछ, यसले नै पाँचवर्षसम्म टावरको देखरेख गर्नेछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया