आफ्नै काकीलाई निर्मम् बलात्कार गर्ने रतनलाई न्यायालयमा उभ्याइयो, रतनले गरे दोष स्वीकार

 ‘शनिवार राती शनि पूजाको प्रसाद खान पीडिता मेरो घर आएकी थिइन्, त्यतिखेर सबै ठिकठाक थियो। त्यसपछि कसैले पीडितालाई घरैबाट उठाएको खबर आयो।  पीडिताको लोग्नेले यो थाहा पाएपछि वरिपरिका सबैलाई लिएर घटनास्थल पुगेका हुन्। पीडिताको शरिर पुरै रगतले भिजेको थियो।’


जलपाइगढी, 23 अक्टोबर

सामुहिक बलात्कार पीड़ित महिलाको घरमा सन्नाटा छाएको छ। वरिपरि पनि शोकजस्तो स्थिति बनेको छ।  पीड़ित महिलाका एक 4 वर्षीय छोरी र  6 वर्षीय छोरा आफन्तकोमा छन्। पीडिताको घरको दैलोखिड्की खुल्लै छ। घरका सामानहरू यताउति छरिएको छ। पीडिताको लोग्ने 2 वर्षीय छोरोसितै अस्पतालमा छन्। पीडिताको स्वास्थ्य निक्कै गम्भीर छ।

काकीलाई जमिनको विवाद मिलाउने भन्दै रतनले शनिबार बेलुकी काकीलाई नदी किनार लगेको थियो।

तर आफ्नो छोरासमान रतनले उनलाई निर्ममरुपले कुटपिट गऱ्यो। त्यहीँ दुइजना सहयोगीसित मिलेर रतनले आफ्नै काकीको बलात्कार गऱ्यो। बलात्कार गरेरमात्रै रतनलाई पुगेन। काकीको यौनाङ्गमा फलामको रड घुसारेर त्यत्तिकै छोडेर भाग्यो।

तर राक्षस बनेको रतनलाई पुलिसले पक्रिएरै छोड्यो। रतनले पुलिसअघि आफ्नो दोष स्वीकार गरेको छ।  निर्ममरूपले बलात्कार गर्ने तीनमध्ये एक अझ फरार छन्। रतन मुण्डा र परिमल रोयलाई भने पुलिसले पक्रिएको छ। उनीहरूलाई हिजो  जलपाइगढी न्यायालयमा उभ्याइयो।

पीडिताको परिवारसित निक्कै जमिन थियो। तर घर खर्च चलाउन जमिन विस्तारै बेचिन थाल्यो। यद्धपि, जमिन निक्कै बाँकी रहेको छ। रतन पनि परिवारकै सदस्य हुन्। उनले केही जमिनको दाबी गरेको थियो। जमिनलाई लिएर निक्कैदिनदेखि विवाद र भनाभन चलिरहेको थियो। रतन पीडिताको परिवारसित खुशी थिएन। तर उनले जमिनको कारण यस्तो योजना बनाउला भनेर कसैले पनि सोचेका थिएनन्।

पीडितालाई घटनास्थलबाट अस्पताल पुऱ्याउनमा एक व्यवसायी बबलू दासले पनि सहयोग गरेको थियो। ‘शनिवार राती शनि पूजाको प्रसाद खान पीडिता मेरो घर आएकी थिइन्,’ उनले भने, ‘त्यतिखेर सबै ठिकठाक थियो। त्यसपछि कसैले पीडितालाई घरैबाट उठाएको खबर आयो।  पीडिताको लोग्नेले यो थाहा पाएपछि वरिपरिका सबैलाई लिएर घटनास्थल पुगेका हुन्। पीडिताको शरिर पुरै रगतले भिजेको थियो।’

जिल्ला पुलिस अधीक्षक अमिताभ माइतीले थानामा मुण्डा विरुद्ध प्राथमिकी दर्ता हुने वित्तिकैदेखि आरोपीहरूको खोजी गरेको बताए। उनीअनुसार दुवैलाई तत्कालै पक्राउ गरियो तर तेस्रो आरोपीलाई भेटिएन। परिमलले भने बलात्कार गरेन तर सहयोग भने गऱ्यो। आरोपीहरूलाई पुलिस रिमाण्डमा लिएर सोधीखोजी गरियो। पीडिताको लोग्नेलाई सहयोग गर्न धेरै गाउँलेहरू अघि आएका छन्।

रतन मुण्डा विरुद्ध अघिबाटै यस्तै दुष्कर्मको मुद्दा छ। 2011 मा एक युवतीले रतनको विरुद्ध प्राथमिकी दर्ता गरेकी थिइन्। त्यसबेला जमानतमा मुक्त बनेका थिए रतन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares