जमिन अधिग्रहणको समस्याको कारण अघि बढ्न सकेको छैन सेभोक-रम्फु रेल परियोजना : सञ्जीव रोय

विनय तामाङले जति खेल खेलिरहेका छन्, त्योभन्दा बड्ता बनबस्तीबासीले पनि खेल खेलिरहेका छन्। उनीहरू सरकारले दिएको कानूनअनुसार बनाधिकार लागू नगरुञ्जेल एनओसी दिने पक्षमा छैनन्। बनाधिकार लागू नगरी एनओसी दिनु भनेको आफै आफ्नो जमीनबाट उच्छेद हुनु हो भने बुझिसकेका बनबस्तीबासीहरूले एनओसी नदिएकै कारण रेल परियोजना बङ्गालको जमिनमा एकै सुता पनि अघि बढेको छैन।


कालेबुङ, 23 अक्टोबर

जमिनको कारण सङ्कटमा परेको छ सेवक-रम्फु रेल परियोजना। सिक्किमलाई रेल नेटवर्कले जोड्ने यो परियोजनाबारे व्यापक विवाद चलिरहेको छ। जिटिएले अघिबाटै परियोजनाको लागि एनओसी दिएपनि एनओसी काम लागेन। जिटिए मनोनित बिओए अध्यक्ष विनय तामाङले जिटिएले एनओसी दिएपछि परियोजना शुरु हुने भनेका थिए, तर उनले दिएको एनओसीले एउटा ढुङ्गा पनि सरेन।

जब जिटिएले एनओसी दिइसकेकै छ, फेरि किन परियोजना बढि बढेन त? यसैले स्पष्ट पार्छ, एनओसी दिने हक विनय तामाङलाई छैन। केवल बनबस्तीवासीहरूलाई नै छ। कानूनअनुसार विनय तामाङलाई बनबस्तीबासीको मुद्दामा हस्तक्षेप गर्नेसमेतको अधिकार छैन।

किन भने उनी बङ्गाल सरकारले राखेको मनोनित जिटिए विओए हुन्। उनी निर्वाचित अध्यक्ष होइनन्। कानूनले निर्वाचितलाई मात्र प्रमुखता दिएको छ। विनय तामाङले जबरजस्ती गर्नु गैरकानूनी काम रहेको लीला गुरुङले बारम्बार बताइरहेकै छन्।

विनय तामाङले बनबस्तीवासीलाई फकाउन अनेकौं कोशिश जारी राखेका छन्। घरि उनी कामै नलाग्ने टाइटल डिड बाँडिरहेका छन्, घरि एनओसी नदिने बनबस्तीबासीहरूको संस्थाका कार्यकर्ताहरूलाई पुलिस लगाएर धम्काउँदैछन्। घरि हिमालयन भिलेजर्स अर्गनाइजेशनका सचिव र कार्यकर्ताहरूलाई अनेकौं यातना दिइरहेका छन्।

उनले जत्तिकै धम्की, यातना दिए पनि बनबस्तीबासी भने पट्टकै हल्लिएका छैनन्। हुन पनि रेल लाइनको लागि एनओसी दिनु भनेको बनबस्तीबासीहरू आफै आफ्नो जमिनबाट उठिबास लाग्नु हो। बङ्गाल सरकारको नजिक हुने र आफ्नो चौकी जोगाउने विनय तामाङको कुल्सित सपनालाई पुरा गरेर बनबस्तीबासी उठिबास लाग्न चाहँदैनन्।

धेरैवर्षदेखि कानूनले दिएको अधिकार लागू गरेर सबै बनबस्तीबासीको भविष्य सुनिश्चित गर्ने आन्दोलनमा लागिरहेका बनबस्तीवासीहरू विनय तामाङले जे जे दिन्छन्, सबै थापिरहेकै छन्। तर जब एनओसीको कुरा आउँछ, एक कदम पनि हल्लिएका छैनन्। बनबस्तीबासीलाई थाहा छ, विनय तामाङले आफ्नो रोटी सेक्न अनेकौं प्रलोभन देखाएर भविष्यमा उनीहरूलाई नै उठिबास लगाउने खेल खेलिरहका छन्।

विनय तामाङले जति खेल खेलिरहेका छन्, त्योभन्दा बड्ता बनबस्तीबासीले पनि खेल खेलिरहेका छन्। उनीहरू सरकारले दिएको कानूनअनुसार बनाधिकार लागू नगरुञ्जेल एनओसी दिने पक्षमा छैनन्। बनाधिकार लागू नगरी एनओसी दिनु भनेको आफै आफ्नो जमीनबाट उच्छेद हुनु हो भने बुझिसकेका बनबस्तीबासीहरूले एनओसी नदिएकै कारण रेल परियोजना बङ्गालको जमिनमा एकै सुता पनि अघि बढेको छैन।

हिमालयन फरेस्ट भिलेकर्स अर्गनाइजेशनलेले परियोजनामा पर्ने कुनै पनि बनबस्तीले एनओसी नदिने प्रतिबद्धता जनाएको छ। बनबस्तीहरूले एनओसी नदिएपछि अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङलाई बङ्गाल सरकार र जिटिए दुवै मिलेर दुर्गम क्षेत्र स्थान्तर दिएर पनि कुनै काम बनेको छैन। लीला कुमार गुरुङले बरु नोकरी छोड्ने तर हजारौं बनबस्तीबासीको भविष्यसित सम्झौता र खेलवाड नगर्ने बताएका छन्।

बनबस्तीबासीलाई राज्य सरकार र जिटिए मिलेर अघिबाट नै टाइटल डिड बाँडिसकेको छ, तरै पनि बनबस्तीबासीले एनओसी नदिएकोले परियोजना अघि बढ्न सकेको छैन।  परियोजनाको प्रमुख बाधा नै जमिन बनेको छ।

सिक्किममा भने काम निक्कै अघि बढिसकेको छ। यसै सिलसिलामा एनएफ रेलवेका जिएम सञ्जीव रोयले शनिबारै सिक्किमको भ्रमण गरेर परियोजनाको निरिक्षण गरेका छन्। सोमबार उनी गुहाटी फर्किए। यसैक्रममा एनजेपीमा उनले  वर्षा थामिने वित्तिकै अहिले स्थगित गरेको परियोजनाको काम फेरि शुरु हुने बताए। यद्धपि बङ्गाल अधिनस्त जमिनमा विवाद नसकिएको बताए।

‘परियोजनाको लागि सबैभन्दा ठूलो बाधा बङ्गालको जमिनको विवाद नै बनेको छ,’ उनले भने, ‘राज्य सरकारलाई परियोजनाको लागि बाधा बनिरहेको जमिन अधिग्रहणको समस्या शीघ्र सामाधान गर्न पत्र लेखिएको छ। जमिनको बाधा हट्यो भने परियोजना अघि बढ्छ। सरकारले पक्कै पनि समस्याको सामाधान गर्छ भन्ने लागेको छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares