विनय तामाङ सहिदको सिँडी टेकेर जिटीएको चौकीमा बसेका छन्, उनलाई सहिदबारे बोल्ने अधिकार छैन : काम्बाङ

Girl in a jacket

‘जुन सरकारले आन्दोलन दबाउन आन्दोलनकारीहरू को हत्या गरे उनीसँग चाप्लुसी गरे बापत चौकीमा बसेर गोर्खाल्याण्डको कुरा गर्नु गोर्खाल्याण्ड नभनी टिक्न सक्दिन भन्ने मानसिकताको उपज हो, जुन सरकारले हाम्रो निर्दोष आन्दोलनकारीहरूको हत्या गरे उसकोबारेमा एक शब्द टिप्पणी गर्नु नसक्ने परिस्थितिमा हुर्केको नेता बिनय तामाङले कुन समय काल र परिस्थितिमा गोर्खाल्यान्ड हुन्छ भनेका हुन्? विनय तामाङ चाप्लुस र दालालहरूको भीडको नेता हुन्। कुन आधारमा उनले बौद्धिकताको कुरा गरिरहेका हुन्?’


दार्जीलिङ, 23 अक्टोबर


गोजमुमो केन्द्रिय सदस्य नरेन्द्र काम्बाङले बरूण भुजेलको पुण्यतिथिबारे विनय तामाङले दिएको प्रतिक्रियालाई उनीभित्रको हिनताबोध र पछुताउ बताएका छन्। ‘जब मान्छेलाई आफ्नो गल्ती र दोषले सताउँछ यसरी जान अन्जानमा कुरा प्रष्टाउँछ,’ काम्बाङले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हामी २५ अक्टोबरलाई शपथ दिवस मनाउने छौँ, बिनय तामाङ र अनित थापासित पश्चताप दिवसको रूपमा पालन गर्न बाहेक अर्को उपाय नै छैन।’

काम्बाङअनुसार जुन बङ्गाल सरकार र प्रशासनले आन्दोलनकारीहरूलाई निर्ममता र अमानुसिक यातना दिएर हत्या गरे उनकै बैदारी गर्दै विनय तामाङ चौकीमा बसेका हुन्। तामाङले यसैहकमा सहिदको नाममा सहानुभूति र समवेदना प्रकट गर्नुसमेत सुहाउँदैन।

‘सहिद हुनु बिमल गुरूङको राजनीतिक कारणमाथि तुलना गरेर सहिदको समर्पण र त्यागलाई कतिसम्म विनय तामाङले मुल्याङ्कन गरेका रहेछन्, उनको मन्तव्यबाट प्रष्ट हुन्छ,’ काम्बाङले भनेका छन्, ‘बिनय तामाङ स्वयं बिमल गुरूङद्वारा मनोनित आन्दोलनको संयोजक थिए। सहिद हुनुको कारक बिमल गुरूङलाई बताउनु तामाङलाई शोभा दिँदैन।’

सहिदको आफ्नै मुल्याङ्कन र सम्मान क्षेत्र हुने भन्दै काम्बाङले राजनीति महत्वकांक्षासँग यसलाई तुलना गर्नु नहुने बताउँदै उनले सहिदको सिँढी चढेर बङ्गालको कुर्सीमा विनय तामाङले बङ्गालको कुर्सीमा बसेर सहिदलाई लिएर उटपट्याङ कुरा गरिरहेको भन्दै २००७ देखि २०१७ सम्म बिमल गुरूङको चाप्लुसी गरेर जाति, मुद्दा र आन्दोलनलाई बेचेर बङ्गालको दलाली गरिरहेको बताएका छन्।

‘जुन सरकारले आन्दोलन दबाउन आन्दोलनकारीहरू को हत्या गरे उनीसँग चाप्लुसी गरे बापत चौकीमा बसेर गोर्खाल्याण्डको कुरा गर्नु गोर्खाल्याण्ड नभनी टिक्न सक्दिन भन्ने मानसिकताको उपज हो,’ काम्बाङले भनेका छन्,  ‘जुन सरकारले हाम्रो निर्दोष आन्दोलनकारीहरूको हत्या गरे उसकोबारेमा एक शब्द टिप्पणी गर्नु नसक्ने परिस्थितिमा हुर्केको नेता बिनय तामाङले कुन समय काल र परिस्थितिमा गोर्खाल्यान्ड हुन्छ भनेका हुन्? विनय तामाङ चाप्लुस र दालालहरूको भीडको नेता हुन्। कुन आधारमा उनले बौद्धिकताको कुरा गरिरहेका हुन्?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया