गोचला ट्रेकिङमा फसेका पर्यटकलाई सकुशल निकालियो

गान्तोक, 24 अक्टोबर। पश्चिम सिक्किमको विश्व चर्चित ट्रेकिङ रूट जोङ्ग्री गोचलाको यात्रामा रहेकी एक महिला पर्यटक अचानक विरामी  भएपछि आधा रातमा बचाउ दल पुगेर सकुशल आधार गाउँ योक्सुम ल्याइपुऱ्याइएको छ। कोलकत्ताबाट जोङ्ग्री गोचला ट्रेकिङको निम्ति आएकी पर्यटक सरबिना मुखर्जी सोमबार बिहान 4 हजार 3 सय मिटरको उच्चाईमा रहेको  लमुने आधार शिविरबाट बिहान 9 बजी हिँडेकी पर्यटक मुखर्जी  प्रेकचु नामक स्थानमा आइपुगेपछि अचानक बिरामी बनिन्। त्यसपछि उनी हिँड्न नसक्ने भएपछि  दूर्गम क्षेत्रबाट पर्यटकलाई उद्दार गर्नको निम्ति आधार गाउँ योकसुमबाट योक्सुम टुरिजम डेप्लोप्मेन्ट कमिटि (वाइटीडीसी)  र कञ्चनजङ्गा नेशनल पार्टी (केएनपी) का कर्मचारीहरूले बचाउ दल बनाएर पठाए।

राति 11 बजीदेखि शुरु भएको बचाउ कार्य सफल बन्य भने  भोलिपल्ट बिहान 8 बजी बिरामी पर्यटकलाई बचाएर चिकित्साको निम्ति योक्सम ल्याइ पुऱ्याइएको थियो। हिमालयन सिक्किम ट्रेक एण्ड ट्राभल्सबाट गएको उक्त पर्यटक उच्चाईको कारण फर्किनेक्रममा बिरामी भएपछि उद्दार गर्न परेको थियो। बचाव दलमा गएको सदस्यहरूले पर्यटकलाई लगभग 30 किलोमिटरको ट्रेकिङ रूटको अप्ठ्यारो बाटोबाट  बोकेरै ल्याएका थिए। हिमाली भेकको यो दूर्गम क्षेत्रमा ट्रेकिङमात्र गरिने गरिन्छ भने   खाद्य सामाग्री र अन्य सामानहरू भने जो र घोडामा ओसारिने  गरिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन