सोगोलब्याण्ड युनाइटेडलाई हराएर आक्रमण एफसी अर्को चरणमा

गान्तोक, 25 अक्टोबर। सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको 38औं गवर्नस गोल्ड कपमा  विहिबार सम्पन्न खेलमा सोगोलब्याण्ड मणिपुरलाई ट्राईबेकरमा दुइ गोलको बिरूद्ध चार गोल गरेर आक्रमण एफसी सिक्किमले परास्त गरेको छ। खेल शुरूभएदेखि नै त्यत्ति उत्साहवर्धक प्रदर्शन गर्न नसकेको आक्रमण एफसी सिक्किम र सोगोलब्याण्ड युनाइटेड (मणिपुर) दुवै दलले अन्ततः 10-10 मिनटको अतिरिक्त समयमा समेत  गोल गर्न नसकेपछि ट्राइब्रेकरमा हारजित निश्चित गर्नु पऱ्यो । दुवै दलका खेलाडीहरूले निश्चित 90 मिटनको समयभित्र कुनै सफलता प्राप्त गर्न नसकेपछि  10-10 मिनटको अतिरिक्त समयमा पनि गोल गर्न सकेनन्। अन्ततः ट्राई ब्रेकरमा आक्रमण एफसीले चार गोल गऱ्यो भने सोगोलब्याण्डले दुइ गोल गरेपछि हारजीत निश्चित भयो। चर्चित फुटलबलर रेनेडी सिंह प्रमुख प्रशिक्षक रहेको सोगोलब्याण्डले दर्शकले अपेक्षा गरेजति प्रदर्शन गर्न सकेन्। गवर्नस गोल्ड कपको आज तेस्रो खेलमा पछिल्लो दुइ खेलमा भन्दा दर्शकहरूको भीड बडेको थियो। यसैक्रममा आयोजक सिक्किम फुटबल एसोसिएशनका महासचिव एनटी भोटियाले धेरै भन्दा धेरै दर्शकहरूलाई खेल हेर्न आइदिने आह्वान गरेका छन्। सिक्किमको यो फुटबल उत्सवलाई सफल बनाउन दर्शकहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले आह्वान गरेको छन्। भोलिको खेल कोलकत्ता कस्टम र रेनबो एफसीबीच हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares