आजको टिभीमा: बनबासीले दिए खतरनाक तर्क: पुलिस र अधिकारहरू भए चुप

पश्चिम बङ्गाल अनि सिक्किमलाई जोड्ने पुल निर्माणको कारण रम्फूका 58 परिवार सोझो रूपमा प्रभावित हुने भएको छ। यसैले उच्छेद हुनलागेका  रम्फू बनबस्तीका 58 परिवारलाई प्रशासनले जमीनको टाइटल डिट थापेमात्र क्षतिपूर्ति र पुर्नवास हुने भन्दै टाइटल टिड थाप्न बारम्बार फकाइरहेको छ। आज पुन: कालेबुङ जिल्ला प्रशासनको निर्देशमा पुलिस प्रशासन समेत बोलाएर रम्फूमा एउटा सभा बोलाइएको थियो। सभामा प्रशासनले सक्दो फकाएपनि बनबासीहरू आफ्नो जमीन रिभिन्यू भिलेजमा कन्भरजन गरेमात्र टाइटल डीट थाप्ने मागमा अडिक छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares