एटीके कोलकत्तालाई भक्कु गोल दिएर मनाङ मर्स्याङ्दी पुग्यो फाइनलमा

गान्तोक, 1 नोभेम्बर। 38 औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा इतिहास बनाउँदै नेपालको क्लब मनाङ मर्स्याङ्दीले फाइनलमा आफ्नो ठाउँ सुरक्षित गऱ्यो। सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा सम्पन्न यो वर्षको अन्तिम सेमी फाइनलमा मनाङ मर्स्याङ्दीले एटीके कोलकत्तालाई 6 गोल दिएर पराजित गरेको छ। अर्को तिर 38 वर्ष पुरानो राज्यपाल स्वर्ण कपको इतिहासमा पहिलोपल्ट एक खेलाडीले हेड्रिक गोल गर्न सफल बनेका छन्। नेपाली खेलाडी डोना थापाले हेट्रिक गोल गरेका छन्। उनले मनाङ मर्स्याङ्दीको पक्षमा  43 मिनट, 55 मिनट र 84 मिनटमा तीनवटा गोल गरे। यसैगरि  नेपाली क्लबका दल नाइके सुजल श्रेष्ठले 88 मिनटमा एक गोल गरे भने खेलको शुरुआतको 8औं मिनटमै नेपालको पक्षबाट  अञ्जन विष्टले पहिलो गोल गरेका थिए भने  76 औं मिनटमा बिमल राणाले पनि गोल गरे।

अर्कोतिर प्रतिपक्षी एटीके कोलकत्ताको पक्षमा एसके अजुरीदिनले पहिलो हापको अतिरिक्त दुइ मिनट समयमा पहिलो गोल गरे भने दोस्रो गोल  तनमोय सिमरेले दोस्रो हाफको अतिरिक्त समयमा गरे। मोटामोटी एकतर्फी आक्रमणले ग्रस्त खेलमा मनाङ मर्स्याङदीले लगातार आक्रमण गरिरह्यो भने यो प्रतियोगिताको यसवर्षको खेलमा सर्वाधिक गोल आजको खेलमा नै भएको हो। अर्कोतिर मनाङ मर्स्याङ्दीले दोस्रोपल्ट राज्यपाल स्वर्ण कपमा फाइनलमा ठाउँ बनाएको छ। पछिल्लो पल्टको फाइनल खेलमा आफ्नै देशको अर्को दल थ्री स्टारसित मनाङ मर्स्याङदीले हार स्वीकार गर्नुपरेको थियो। यसपालीको फाइनल भने आगामी 3 नोभेम्बरको दिन आर्मी (रेड) सित खेलिनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares