युवा मोर्चाले दिल्लीमा 22,500 कार्यकर्ता दिल्ली लगेर शक्ति प्रदर्शन गर्ने : जिटिए चुनाउमा अमृत योञ्जनलाई युवा मोर्चाबाट उम्मेदार बनाउने पार्टीलाई माग गर्ने

‘युवा मोर्चा पार्टीको मेरुदण्ड हो। हामीले दिल्लीमा शक्ति प्रदर्शनको तयारी पनि गरिरहेका छौं। केन्द्रिय समितिले हाम्रो योगदानको कदर गर्ने आशा गरेका छौं,’ युवा मोर्चा केन्द्रिय उपाध्यक्ष उपकार नेचाली राईले भने, ‘युवा मोर्चाको इच्छा छ, युवा मोर्चा केन्द्रीय अध्यक्ष अमृत योन्जनलाई युवा मोर्चाबाट उम्मेदवार बनाइयोस्।’ 


दार्जीलिङ, 2 नोभेम्बर


‘गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) ले दिल्लीमा शीघ्र शक्ति प्रदर्शन गर्नेछ।  यो शक्ति प्रदर्शनमा पहाड़बाट बाइस हजार पाँच सय कार्यकर्ताले हिस्सा लिनेछन्,’ युवा मोर्चा केन्द्रिय उपाध्यक्ष उपकार नेचाली राई र केन्द्रिय कमिटीका कार्यकर्ता रिवाज मुखियाले यसो भनेका छन्। 7 अक्टोबरको दिन दिल्लीमा स्थापना दिवस मनाउन नदिएको रिस् यही शक्ति प्रदर्शनले फेर्ने युवा मोर्चाको तयारी चलिरहेको बताइन्छ।

आफूलाई बारम्बार चोट पुऱ्याएको भन्दै विनय तामाङले दिल्लीलाई त्यसको जवाब दिन्छु भनेका थिए। विनय तामाङ दिल्ली पनि पुगे तर जवाब दिएनन्। 6 अक्टोबरको दिन नै पुलिसले दिल्ली मोर्चालाई दिल्लीमा अशान्ति फैलाउने कोशिश गरेको भन्दै कार्यक्रम गर्न दिएन।

जवाब दिन गएका विनय तामाङले उल्टै दिल्लीका गोर्खाहरूको व्यापक विरोध खप्न परेको थियो। दिल्लीका गोर्खाहरूले गरेको विरोध, दिल्ली पुलिसबाट कार्यक्रमको लागि भएको स्वीकृतिले तामाङ जिल्ल परेका थिए। जवाब नदिइ फर्किएका विनय तामाङलाई यद्धपि, सैयौं कार्यकर्ताहरूले बाघडुग्रामा स्वागत जनाएर राहत भने दिएका थिए।

उसैबेला तामाङले दिल्लीमा आफ्नो शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन्। त्यसैलाई सम्मान गर्दै युवा मोर्चाले हजारौं कार्यकर्ता पहाडबाट दिल्ली लगेर शक्ति देखाउने भएको छ। युवा मोर्चाले दिल्लीमा शक्ति प्रदर्शन गर्ने भन्दै अर्कोतिर युवा मोर्चाबाट यसपाली जिटिएको चुनाउको लागि उम्मेदवार माग गर्ने भएको छ।

‘युवा मोर्चा पार्टीको मेरुदण्ड हो। हामीले दिल्लीमा शक्ति प्रदर्शनको तयारी पनि गरिरहेका छौं। केन्द्रिय समितिले हाम्रो योगदानको कदर गर्ने आशा गरेका छौं,’ युवा मोर्चा केन्द्रिय उपाध्यक्ष उपकार नेचाली राईले भने, ‘युवा मोर्चाको इच्छा छ, युवा मोर्चा केन्द्रीय अध्यक्ष अमृत योन्जनलाई युवा मोर्चाबाट उम्मेदवार बनाइयोस्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया