प्रधानमन्त्री आवास योजना अन्तर्गत नगरपालिका क्षेत्रमा 274 वटा घर बनिँदै

कालेबुङ, 2 नोभेम्बर:  प्रधानमन्त्री आवाज योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा मोठ 274 वटा घर निर्माण गरिने भएको छ। 4 लाख 43 हजार रुपियाँको लागतमा बनिने उक्त घर निर्माण कार्य कालेबुङ नगरपालिकाको पहलमा भइरहेको छ। उक्त घर निर्माणको प्रक्रियाबारे अवगत गराउँदै आज कालेबुङ नगरपालिकाद्वारा लाभार्थीहरूलाई घरको म्याप प्रदान गरियो। कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान अनि सम्बन्धित वार्डका पार्षद्-पार्षदिकाहरूद्वारा घरको ढाँचाको म्याप प्रदान गरिएको थियो।

नगरपालिका अध्यक्ष रवि प्रधानले भने अनुसार नगरपालिका क्षेत्रमा 3 सय वटा घर निर्माण गर्ने योजना थियो। जसमा 274 वटा घरको पैसा आइसकेको छ। उक्त घर लाभार्थी आफैले बनाउनुपर्ने हुन्छ जसलाई नगरपालिकाले तक्निकीय सहयोग पुऱ्याउनेछ।

अर्कोतिर अर्बन प्लानर सोबिन राईले घर निर्माणको तक्निकीय प्रक्रिया सम्बन्धी लाभार्थीहरूलाई जानकारी गराउँदै 120 दिन भित्र अनिवार्य रूपमा घर निर्माण कार्य पूर्ण हुनुपर्ने बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया