दुर्घटनामा एकको मृत्यु

बिजनबारी, 2 नोभेम्बर


आज दिउँसो लगभग २ बजीतिर पुलबजारबाट गोक रङदुतिर गइरहेको नम्बर क्याम्पर भेन राजराममोहन राय मेमोरियल विद्यालय भन्दा केही परतिर सेरिकर्चल नजिक दुरघटना ग्रस्त भइ नजिकको खोलामा खसेको छ।

तिहारको बजार गरेका घरतर्फ फर्कीरहेको समय उक्त वहानमा सवार १३ जना दुर्घटनामा परेका हुन् भने दुर्घटनामा परी १८ वर्षिय रेणु छेत्रीले उपचारको क्रममा दार्जीलिङ अस्पतालमा ज्यान गुमाएकी छन्।  तीनजनाको आवस्था सोचनीय रहेको छ। उनीहरूलाई दार्जीलिङ सरकारी अस्पतालमा भर्ना गरिएको छ। थप १० जनालाई पनि बिजनबारी सरकारी अस्पताल हुँदै दार्जीलिङ रेफर गरिएको छ।

दुर्घटनाको वास्तविक कारण पत्तो नलागेको भए पनि बाटो आवस्थाको कारण भएको थाहा लागेको छ। दुर्घटनास्थल बाटो अत्यन्तै भत्किएको तथा गाडीमा तक्निकी गडबड भएकोले उक्त घटना भएको हो।घाइतेहरूलाई जीटीए अनि गोजमुमोको तर्फबाट सहयोग प्रदान गर्ने भएको छ। मृतकप्रति जिटीए विओए विनय तामाङले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया