रञ्जी ट्रफिमा सिक्किमले जित्यो मणिपुरलाई

गान्तोक, 3 नोभेम्बर। भारतको प्रतिष्ठित एवं चर्चित क्रिकेट टुर्नामेन्ट रञ्जी ट्रफीको पहिलो खेलमा सिक्किमको दलले सानदार जित दर्ता गरेको छ। देशमा पहिलोपल्ट पूर्वोत्तर राज्यहरूलाई पनि सामेल गरेऱ खेलाइएको रञ्जी ट्रफिको यो वर्षको खेलमा सिक्किमले आफ्ना तीनजना पेशेवर खेलाडीहरूको साथमा मैदानमा उत्रिएको छ। आज कोलकत्ताको सल्टलेकमा भएको पहिलो म्याचमा आफ्नो प्रतिद्वन्दी मणिपुरलाई एक इऩिङ 27 रनले पराजित गरेको छ। सिक्किम क्रिकेट एसोसिएशनका पीआरओ बरप नामग्याल भोटियाले यो जीत सिक्किमको निम्ति ऐतिहासिक रहेको बताए। उनले दलका सम्पूर्ण खेलाड़ी प्रशिक्षक, प्रबन्धक र सबै सहयोगीहरूलाई बधाई दिँदै सिक्किमले आज ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर पाएको बताए। उनले दलको उत्कृष्ट प्रदर्शनीको निम्ति सबै खेलाडीलाई शुभकामना पनि व्यक्त गरेका छन्।

आजको खेलमा सिक्किमबाट खेलिरहेको पेशेवर  खेलाडी मिलन्द कुमार जो अलराउण्डर खेलाडी हुन उनले एक्लै 331 बलमा  261 कम बनाएर दललाई बलियो स्थितिमा पुऱ्याएको थियो। यसैगरि बबी शर्माले 85 बल खेलेर 45 रन जोडे भने ली योग लेप्चाले 60 बलमा 25 रन जोड्न सफल बने। दल नायक निलेश लामिछानेले बने 20 बल खेलेर केवल 8 रन मात्र बनाउन सके। सिक्किमले कूल 372 रन बनाएरका थिए।  आजको जीत सानदार र रोचक भएको कप्तान लामिछानेले फोनमा बताउँदै खुसी व्यक्त गरे। उनले सिक्किमको निम्ति यो महत्वपूर्ण कडी रहेको पनि जनाए। मणिपुरको दलले 266 रन बनाएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares