एसडीएफको तीनदिने मोटरबाइर ऱ्याली आऱम्भ

गेजिङ ०२ अक्टोबर ।एसडिएफ पार्टी  पश्चिम जिल्ला कार्यकारिणी समितिको आयोजना शनिबारदेखि तीन दिने मोटरबाइक ऱ्याली शुरुआत गरिएको छ। याक्सोम टासिडिङ समष्टिको टासिडिङ बजार परिसरबाट शुरु भएको बाइक  ऱ्याली  गेरेथाङ ,याक्सोम, खेचीपेरी , दराप ,पेलिङ हुँदै गेजिङ क्योङ्सा खेल मैदानमा आएर समापन गरियो ।भोलि आइतबार यहाँको क्योङ्सा खेलमैदानबाट शुरु भएर देन्ताम ,रिन्चेबुङ हुँदै सोरेङमा बिसाइने छ भने तेस्रो दिन जोरथाङमा यस ऱ्यालीको  समापन हुँने पाटीका पश्चिम जिल्ला अध्यक्ष सेरहाङ सुब्बाले बताए ।शनिबार टासिडिङमा बाइक ऱ्यालीलाई अघि बडाउन मन्त्री नरेन्द्रकुमार सुब्बा , समष्टि विद्यायक सोनाम डडुल भोटिया , कलावती सुब्बालगायत पार्टीका कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै विशेष कार्यक्रमको आयोजना गरिनुको मुख्य उदेश्यबारे जानकारी गराउदै राज्यका मुख्यमन्त्री पवन चाम्लिङले इटालीको राजधानी रोममा पाएको फ्युचर पोलेसी गोल्ड अवार्ड 2018 को हार्दिक बधाई दिन र राज्यको जैविक खेतालाई सफल पार्न यस कार्यको आयोजना गरेको  बताएका छन् ।आज पहिलो दिनको ऱ्यालीलाई बिश्राम गर्दै चर्चित बाइक स्टन्टनर मिलन प्रधानको टोलिद्वारा बाइक स्टन पनि गरिएको थियो । क्योङसा खेल मैदानमा बाइक स्टनको प्रदर्शनसितै पहिलो दिनको ऱ्याली विश्राम भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares