मुख्यमन्त्री चामलिङले गरे नाम्ची मोहत्सव उद्घाटन भने, अब सिक्किमको प्रत्येक बजारमा सिटिसेन्टर र भ्युपोइन्ट बनाउनेछौ

नाम्ची, 3 नोभेम्बर।  भारतमा सिक्किममात्र एउटा राज्य हो जसले जैविक क्रान्ति शुरु गऱ्यो अनि वैश्विक स्तरको मञ्चमा मान्यता पाएको छ। जुन मान्यता संयुक्त राष्ट्रबाट प्राप्त भएको छ। यसप्रकारको मन्तव्य मुख्यमन्त्री पवन चामलिङले तीन दिने नाम्ची महोत्सवको उत्घाटन समारोहमा आफ्नो सम्बोधन राख्दै व्यक्त गरेका हुन्। शनिबार मुख्यमन्त्री चामलिङले  दक्षिण जिल्ला प्रसासनले नाम्ची महोत्सव आयोजन समितिसित मिलेर दक्षिण जिल्ला पर्यटन विकास समितिको दिशा निर्देशमा शुरु गरेको महोत्सवको उद्घाटन गरे।

तिहारको शुभकामना जनतालाई व्यक्त गर्दै मुख्यमन्त्री चामलिङले आयोजक समितिलाई यस्तो महत्वपूर्ण सांस्कृतिक महोत्सव आयोजनको निम्ति बधाई दिए। उनले यो महोत्सव महिना दिन व्यापी बनाउनु पर्ने अनि यसमा सिक्किमको सँस्कृतिलाई प्रचार प्रसार गर्नु पर्ने अनि नाम्ची वरिपरिको पर्यटनलाई आकर्षित पार्नुपर्ने आह्वना गरे। उनले साँस्कृतिक प्रदर्शनी र परम्पराहरूलाई देखाउँदा पुग्ने फाइदाहरूको बारेमा पनि अवगत गराए। उनले जैविक कृषि आधारित उद्योगको स्थापनामा जोड दिए भने यस्तो महोत्सव महिना दिनसम्म चलेको खण्डमा यसको फाइदा पनि उत्तिकै लामो हुने बताए। मुख्यमन्त्रीले बुल र सल्लेबुङ ग्राम पञ्चायत एकाईका किसानहरूले जैविक खेतिमा गरेको कार्य राज्यकै निम्ति उदाहरणीय र कोशे ढुङ्गा साबित भएको बताउँदै कृषकहरूलाई बधाई दिएर युवाहरूले जैविक उद्योगलाई अनुसरण गर्ने मुख्यमन्त्री पवन चामलिङले आह्वान गरे।

मुख्यमन्त्री चामलिङले केही महत्वपूर्ण घोषणाहरू गर्दै यसै नोभेम्बर महिनामा नाम्चीको घिर्लिङ उद्घाटन गरने बताए। यसैगरि राज्यको प्रत्येक शहरमा अब सिटीसेन्टर निर्माण गर्ने घोषणा गरे। यसका साथै सिक्किमको पर्यटनलाई विकास गर्न भ्युपोइन्ट सेन्टर पनि निर्माण गर्ने बताए। उनले दक्षिण र पश्चिम जिल्लामा विकास भएको धर्मिक परिकेन्द्रले युवाहरूलाई व्यापक रूपमा रोजगार उपलब्ध गराएको जानकारी गराए। उनले नाम्चीमा विकासका पहलहरूबारे बताउँदै बजार मन्दिर, वहान विसौनीको सुविधायुक्त मनोरञ्जन सामुदायिक केन्द्र निर्माणको घोषणा गरे। यसैगरि  चौबीसै घण्टा उपलब्ध हुने एम्बुलेन्स लेला राज्यमा आमाहरूको निम्ति शुरु गरेको बताए। जसमा 102 टोलफ्रि नम्बरमा महिलाहरूको निम्ति शुरु गरिएको विशेष एम्बुलेन्स सेवा बताए। उनले स्वास्थ्यबारे आफ्नो कुरा राख्दै कसैले पनि यो सेवाको लाभ उठाउन सक्ने बताए। ,

यसअतिरिक्त सिक्किम राज्यमा भएको चौतर्फी विकासको विभिन्न क्षेत्र पर्यटन, शिक्षा, कृषि, प्रशासन, सुशासन, महिला सशक्तिकरण, लिंग समानता र पर्यावरण सुरक्षाबारे गरिएको कार्यहरूको व्याख्यान मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा गरेका थिए।

तीन दिने यो महोत्सवमा विभिन्न परम्परागत खेल संगीत, सांस्कृतिक कार्यक्रम, जैविक उत्पाद बिक्री वितरण र सहासिक पर्यटन र अन्य मनोरञ्जनको कार्यक्रम सामेल गरिएको छ। कार्यक्रममा विधान सभा अध्यक्ष केएन राई, पर्यटन मन्त्री उगेन टी ग्याछो, कृषि मन्त्री सोमनाथ पौडेल, विधायक, जिल्ला पञ्चायत, विभागीय अधिकारी, पर्यटन हितधारक, आम जनता र विद्यार्थीको व्यापक उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares