‘तिहारपछि शीतकालीन संसद सत्रमा 11 जातिलाई जनजातिको मर्यादा दिलाउन बिल ल्याउन केन्द्रलाई दवाब बनाउने पार्टीले रणनीति बनाउनेछ’

दार्जीलिङ, 4 नोभेम्बर


गोजमुमो (विनय गुट)ले 11 जातिलाई जनजातिको मर्यादा दिलाउन केन्द्रलाई दवाब दिने भएको छ। उपाध्यक्ष सतिस पोखरेलले यसलाई लिएर केन्द्रिय कमिटीले एउटा बैठक गर्ने र यसबारे रणनीति तय गर्ने जनाएका छन्।

‘तिहारपछि हामी बैठक गर्नेछौं,’ उनले भने, ‘शीतकालीन सत्रमा केन्द्रलाई यसबारे बिल ल्याउन दवाब बनाउने पार्टीले रणनीति बनाउनेछ।’

गोजमुमो विमल गुरुङ समूहले यसै मुद्दामाथि काम गरिरहेको छ। तर अब विनय समूहले पनि यो मुद्दा हातमा लिने भएको छ। यद्धपि महेन्द्र थामीले गरेको आरटीआई देखाएर विनय तामाङले केन्द्रिय जनजाति मन्त्रालयले केन्द्रले अहिलेसम्म यसबारे कुनै निर्णय नगरेको भन्दै विमल गुटलाई ‘झुटो’ कुरा गरेको आरोप लगाएका थिए। उनकै उपाध्यक्षले 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउने अनि शीलकालीन संसद सत्रमा यसको बिल ल्याउन दवाब दिने बताएका छन्।

9 अक्टोबरको दिन गोर्खा जनमुक्ति मोर्चा (विमल समूह)को एउटा टोलीले केन्द्रीय जनजाति मामिला मन्त्री जोएल ओरामसँग भेटेको थियो। टोलीमा सांसद एसएस अहलुवालिया, मोर्चाका बिशाल छेत्री,  अनिल लोप्चन, रोहित थापालगायत मोर्चा बाहिरका गोर्खा जातिको ऐतिहासिक जानकार अनि सामाजिक राजनीति विशेषज्ञका रूपमा बीपी बजगाईं अनि यस जनजाति मन्त्रालय सम्बन्धित वन बस्ती विषयमा लगातार कार्य गरिरहेका हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका लीलाकुमार गुरुङ अनि लाल सिंह भुजेलसम्म थिए।

यही बैठकमा केन्द्रीय जनजाति मामिला मन्त्री जोएल ओरामले यो टोलीलाई यसै वर्षको शीतकालीन सत्रमा बिल ल्याइने प्रतिबद्धता जनाएका थिए। यो खबर आउने बित्तिकै यता विनय तामाङ आत्तिएका थिए।

‘शीतकालीन सत्रमा बिल ल्याएर भने म आन्दोलन गर्नेछु,’ उनले भनेका थिए। पोखरेलको कुरा अनुसार बिल ल्याउन अघि नै उनको पार्टीले केन्द्रलाई दवाब दिने भएको हो। स्पष्ट छ, विमल गुरुङ टोलीले यसबारे धेरै मेहनत गरेको छ। विनय गुटले केन्द्रलाई दवाब दिएमा फाइदा विमल गुरुङहरूलाई नै हुनेछ।

पोखरेलले जिटीए चुनाउको लागि पनि आफूहरू उत्सुक रहेको बताएका छन्। मुख्यमन्त्री ममता व्यानर्जीले यसपल्टको उत्तरबङ्गाल भ्रमणमा जिटीए चुनाउको जिकिर कतै गरेनन्। यता विनय तामाङ समूह भने मरिहत्ते गरिरहेका छन्। पोखरेलअनुसार आफूहरू ममता व्यानर्जीलाई भेटेर जिटीए चुनाउबारे छलफल गरिहाल्न चाहान्छ। प्रभातखबरअनुसार अघिल्लो हप्तामात्रै सोझै पत्र नपठाएर खेल मन्त्री अरूप विश्वासको हातमा ममता व्यानर्जीलाई विनय तामाङले पत्र पठाएका थिए, जुन पत्रमा जिटीए चुनाउको माग गरिएको छ।

त्यसको जवाब विनय तामाङहरूले अहिलेसम्म पनि पाएका छैनन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया