दुर्घटनामा परेर एकको मृत्यु

कालीझोडा, 4 नोभेम्बर


एनएचपिसी कर्मचारीहरू लिएर पन्बु घुम्न गएको वाहन दुर्घटना पर्दा चालक गणेश छेत्रीले ज्यान गुमाएका छन्। उक्त दुर्घटना आज दिउँसो तीन बजी कालेबुङ जिल्ला अन्तर्गत पोन्बु बस्तीदेखि केही तल्तिर भएको हो।

प्राप्त जानकारी अनुसार आज परियोजनामा उत्ति काम नभएको कारण विभागीय अभियन्ताहरूले केही कर्मचारीहरू लिएर पन्बु बस्ती घुम्न गएका थिए। पन्बुबाट फर्केको समय  अचानक वाहनको ब्रेक फेल भएको कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेर कालीझोडा निवासी चालक गणेश छेत्रीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते बनेको जानकारी प्राप्त भएको छ ।

यसरी दुर्घटना भएपछि कालिझोडा अहिले शोकमग्न बन्न पुगेको छ। घाइते व्यक्तिहरूलाई उपचारको निम्ति  सिलगढी अस्पताल पुर्‍याइएको जानकारी प्राप्त भएको छ। चालक छेत्रीको शवलाई पोष्मोर्टम हेतु कालेबुङ जिल्ला अस्पताल लगिएको पनि जानकारी प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares