जित्यो बिन्दु बोइज क्लबले

दिवाकर सार्की, झोलुङ, 4 नोभेम्बर


बिन्दु फुटबल प्लेयर एसोसिएसनद्वारा एक महिना अघिदेखि शुरू गरिएको इन्डो भुटान फुटबल टुर्नामेन्टको फाइनल खेल हिजो जुमसा भुटान र बिन्दु बोईज क्लबको बीच भयो। समय पार भएर म्याच सकिएसम्म कुनै गोल नहुँदा अन्तमा पेनल सुटआउटमा बिन्दु बोइज क्लब बिजय भयो।

भारत भुटान गरेर जम्मा 32 वटा टीमले यस टुर्नामेन्टमा भाग लिएका थिए। फाइनलमा मुख्य अथिति गोजमुमो 45 नम्बर समष्टि सभापति शशीकुमार गुरूङद्वारा बिजयदललाई थप 15000 को नगद राशि पनि प्रदान गरियो ।

मनोज तामङ, पूर्ण प्रधान, गोपाल गुरूङले कार्यक्रम सन्चालन गरेका थिए। पासीङ द बल, घैला फुटाउने, भेटरेन फुटबल, महिला फुटबल, नृत्य प्रतियोगिता आदि विभिन्न रङ्गारङ कार्यक्रमहरू गरेर आयोजक समितिले सबैलाई दिनभरि मैदानमा बस्न बाध्य गराए। यस्तो राम्रो कार्यक्रम आयोजन  गरेकोमा बिन्दुवासीले आयोजक समितिलाई धन्यवाद साथै बधाई टक्राएका छन्।

स्वर्गीय धनराज मगरको स्मृतिमा यो फुटबल खेलाइएको थियो भने ट्रफी दलबहादुर मगर र परिवारले प्रायोजना गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares