झोलुङमा रियालिटी शो ‘जस्ट डान्स’ हुने

झोलुङ, 4 नोभेम्बर


खबरम्यागजिनका संवाददाता एवं जेटिभी (जलढका टेलिभिजन) का मालिक दिवाकर सार्कीले झोलुङमा जस्ट डान्स रियालिटी शो गर्ने भएका छन्। यसको पहिलो अडिसन झोलुङ बजारमा 18 नोभम्बर र दोस्रो अडिसन गैरीबासमा 9 दिसम्बरको  दिन हुने उनले जनाएका छन्। उमेरको कुनै लिमिट नरेको जस्ट डान्स 2018 अ डान्सिङ ट्यालेन्ट हन्टमा प्रतिभागी बन्नलाई पञ्जिकरण फि 500 रुपियाँ लाग्ने उनले बताएका छन्।

यस प्रतियोगितालाई शशिकुमार गुरुङ गैरीबासले पहिलो पुरस्कार प्रयोजना गरेका छन्। पहिलो पुरस्कारमा 25 हजार रुपियाँ रहेको छ। दोस्रो पुरस्कार राजेश गुरुङ, तुङ्सुङले प्रायोजना गरेको छन् भने पुरस्कारमा 15 हजार रुपियाँ रहेको छ। अरुण गुरुङ, रोङ्गोले प्रायोजना गरेको तेस्रो पुरस्कारमा 10 हजार रुपियाँ रहेको छ।

यसको निम्ति फारम खुलेको छ। दिवाकर सार्कीसित फारमको निम्ति सम्पर्क गर्न सकिने बताइएको छ।

स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्न अनि प्रशिक्षण प्रदान गर्न यस्तो कार्यक्रमगरिएको उनले जनाएका छन्। बिजेताहरूलाई सिलगढीको द स्कूल अफ डान्सले तीन महिना निःशुल्क प्रशिक्षण दिने भएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares