एनसीईआरटी-को निर्देश अनुरूप पाठ्यपुस्तक तयार गर्न तामाङ भाषाको कार्यशाला

गान्तोक, 5 नोभेम्बर। सिक्किम तामाङ बोद्ध संघका भाशा विकास बोर्डको आयोजनमा तामाङ भाषाका पाठ्य़ पुस्तक अनि ब्याकरणको पुनर्अवलोकनमाथि दुई दिने कार्यशाला सम्पन्न भयो। अखिल भारतीय तामाङ बौद्ध संघका अध्यक्ष एवं तामाङ भषाविद् केएन तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेर कार्यशाला उद्घाटन गरेका थिए। आफ्नो कुरा राख्दै मुख्यअतिथि तामाङले भने, तामाङ भाषा साहित्यको विकास कार्यमा भाषा सम्बन्धित सबै व्यक्तिहरू एकजुट भएर सहकार्य गर्दै लानुपर्छ। तामयोग लीपिमा लेखिएका पाठ्या पुस्तकहरू सिक्किममा कक्षा दस सम्म पठन-पाठन भइरहेको छ भने अहिले नेपाल र विदेशमा समेत यसै लीपिमा तामाङ भाषा सिक्ने कार्य भइरहेको अवगत गराए। अन्तरराष्ट्रिय स्तर मै मान्य़ताप्राप्त भएको यस लीपिलाई अझ विकास गरेर लानुपर्ने कुरामा उनले जोर दिए। अर्कोतिर भाषा विकास बोर्डका अध्यक्ष नर्बू डुम्जनले आफ्नो मन्तव्य राख्दै संघले तामाङ भाषाको पाठ्य पुस्तक निर्माण कार्य जस्तो गहन जिम्मेवारी सुम्पिएको र त्यसलाई आफूले कर्तव्य ठानी भाषा शिक्षक शिक्षिकाहरूको सहायता लिएर दशौं कक्षासम्मको निम्ति पाठ्य पुस्तक तयार पार्ने मानव संसाधन विकास विभागलाई सुम्पिएको अवगत गराए। उद्घाटन सत्रमा मणिकमल योञ्जन, कुमार योञ्जनलगायत अन्यले भाषा सम्बन्धित मन्तव्य राखेका थिए।

दोस्रो सत्रका कार्यशालामा कार्यशालाको अध्यक्षता बोर्डका अध्यक्ष नर्बू डोम्जनले गरेका थिए भने कार्यशालाभरी कक्षा एक देखि पाँचसम्मका तामाङ् भाशाका पाठ्यपुस्तकहरूको पुनर्अवलोकन गर्ने कार्य भएको थियो। आउँदो 2019-को शैक्षिक सत्रमा एनसीईआरटी-को निर्देश अनुरूप भाषाको पाठ्यपुस्तकहरू तयार पार्नुपर्ने मानव संसाधन विकास विभागको कार्यक्रम रहेकोले कार्यशालाको आयोजन गरिएको संयुक्त सचिव मनोज तामाङ्ले जानकारी दिएका छन्। कार्यशालामा तामाङ भाषाका शिक्षक शिक्षिकागण साथै सिक्किम तामाङ बौद्धसंघका सम्पूर्ण कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares